माओवादी र सेनाको अन्तिम लडाइँ स्थल, जहाँ होमस्टे सञ्चालन भयो

माओवादी र सेनाको अन्तिम लडाइँ स्थल, जहाँ होमस्टे सञ्चालन भयो

कालिकोट : कालिकोटको खाँडाचक्र नगरपालिका–७ पिलीसँगै माओवादी युद्धको लामो इतिहास समेटिन्छ ।

यही ऐतिहासिक ठाउँ अहिले यसरी फेरियो कि, यहाँका स्थानीयहरु बदलिँदो गाउँको मुहारदेखि दंग छन् । पिली त्यही ठाउँ हो, जहाँ तत्कालिन माओवादी युद्धको अन्तिम लडाइँ भएको थियो । सोही ठाउँमा पर्यटक भित्र्याउन अचेल सुन्दर होमस्टे सुरु भएको छ ।

कर्णाली सामुदायिक होमस्टे सञ्चालन भएपछि गाउँलेहरु पर्यटक बोलाउँदै आम्दानी बढाउने धन्धामा छन् । युद्ध पर्यटकीय स्थलका रुपमा चिनिँदै आएको पिलीमा स्थानीय युवाहरुको सक्रियतामा कर्णाली सामुदायिक होमस्टे सञ्चालन भएको हो ।

करिब १ सय ५ घरधुरी रहेको पिली गाउँका पाँच घरमा मात्रै होमस्टे सुरु गरिएको हो । सुरुमा नयाँ प्रयोगको रुपमा थोरै घरमा होमस्टे सुरु गरिएको गाउँलेहरु बताउँछन् ।

यद्यपि, गाउँको अर्गानिक उत्पादन, संस्कृति र युद्ध इतिहासलाई फैलाउने प्रभावकारी माध्यम होमस्टे बनेको उनीहरुको भनाइ छ । कर्णाली सामुदायिक होमस्टे व्यवस्थापन समितिका सचिव पुत्रबहादुर मल्ल भन्छन्, ‘होमस्टे सञ्चालन भएपछि गाउँको पहिचान नै बदलिएको छ ।’

२०६२ साल साउन २३ गते तत्कालिन बिद्रोही माओवादीले सडक निर्माणमा खटिएको नेपाली सेनाको अस्थायी क्याम्पमा आकर्मण गर्दा भिषण भिडन्त भएको थियो । जहाँ नेपाली सेनाका ६२ जना, माओवादीका २७ जना, एकजना स्थानीय ठेकेदार शक्ति मल्ल सहित ९० जनाले ज्यान गुमाएका थिए ।

यही इतिहासलाई पर्यटनको माध्यमबाट समेट्ने स्थानीय जनप्रतिनिधिहरु बताउँछन् । खाँडाचक्र नगरपालिका र कर्णाली प्रदेश सरकारले माओवादी युद्धको अन्तिम भिडान्त भएको ठाँउ भन्दै युद्ध पर्यटकीय स्थलका रुपमा विकास गर्न खोजेको बताइन्छ ।

हालका लागि पिलीमा स्थानीय पुत्रबहादर मल्ल, नरबहादुर कार्की, नरेन्द्रबहादुर मल्ल, हरिबहादुर मल्ल र कृष्णबहादुर मल्लको घरमा मात्रै होमस्टे सञ्चालन गरिएको छ ।

हामेस्टेमा भएको आम्दानीको ५ प्रतिशत कर संस्थालाई र ३ प्रतिशत कर वडा कार्यालयलाई उनीहरुले बुझाउनु पर्नेछ । होमस्टे सञ्चालक नरबहादुर कार्कीले धेरैजसो आन्तरिक पर्यटक र कहिले बाह्य पर्यटक पनि आउने गरेको बताए ।

जसबाट आफूहरुले मासिक रुपमा ३० देखि ४० हजार आम्दानी गर्ने पनि उनले बताए । उनका अनुसार पिलीमा स्थानीय अर्गानिक उत्पादन, कोदोको ढिँडो, रोटी, फापरको लगर, सिस्नोको राब्लो, आल्लोको राब्लो, लोकल कुखुरा र खसी, मकैको ढिँडो लगायत परिकार पाइन्छ ।

कर्णाली प्रदेशसभा सदस्य तथा कर्णाली होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कुर्मराज शाहीले युद्ध पर्यटनका दृष्टिले पिली प्रचुर सम्भावनाले भरिएकाले यसलाई व्यवस्थित बनाइने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.