अन्तर्राष्ट्रिय ज्वेलरी एक्स्पो सुरु
काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो २०७६ काठमाडौंमा सुरु भएको छ ।
प्रधानमन्त्री केपी ओलीले शुक्रबार एक्स्पो उद्घाटन गरेका हुन् । खानी तथा भूगर्भ विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो व्यवसायलाई गुणस्तरीय बनाउन सबैले जोड दिनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘यो सबैका लागि आवश्यक तर ओझेलमा परेको क्षेत्र हो । यसको प्रचारप्रसारसँगै गुणस्तरीयतामा पनि ध्यान दिनु पर्छ ।’ प्रधानमन्त्री ओलीले एक्स्पोमा राखिएका विभिन्न स्टलको पनि अवलोकन गरेका छन् ।