विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
बैतडी : जिल्लाको सुर्नया गाउँपालिका -१ हटैराजस्थित उच्चाकोट माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शिशु कक्षादेखि ५ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई प्रति विद्यार्थी एक झोला, एक कापी र सिसाकलम वितरण गरिएको हो।
मानव उद्दार परिषद् काठमाडौंले सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको समन्वयमा शुक्रबार शैक्षिक सामग्री वितरण गरेको समन्वयकर्ता पदमराम टेलरले बताए।उच्चाकोट मावि हटैराजमा पढ्दै गरेका १६३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।