निजी क्षेत्र र अर्थमन्त्रीबीच छलफल

निजी क्षेत्र र अर्थमन्त्रीबीच छलफल

काठमाडौं : अर्थमन्त्री डा.युवराज खतिवडाले निजी क्षेत्रलाई लगानी योग्य वातावरण बनाउनमा आगामी बजेट केन्द्रीत हुने बताएका छन्। वर्तमान सरकारले प्राथमिकताको सूचीमा राखेको कृषि, उर्जा, पर्यटन, पूर्वाधार विकास लगायतका क्षेत्रगत विषयमा दृष्टिकोण स्पष्ट रहेको उनले बताए।

आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटका बिषयमा निजी क्षेत्रसँग अर्थ मन्त्रालयले छलफल गरेको छ।  शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पूर्वबजेट छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोर, नेपाल चेम्वर अफ कमर्सका कार्यबहाक अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष हिम रावल, नेपाल राष्ट्रिय व्यापार संगठनका प्रतिनिधिहरुको सहभागिता थियो।

मन्त्री खतिवडाले स्वदेशी एकद्धार सेवा स्वदेशी लगानीकर्ताहरुले पाउने स्पष्ट पार्दै लगानी बोर्ड मार्फतबाट कार्यान्वयन हुने एकद्धार प्रणालीको लागि आवश्यक ऐन कानुनहरु संशोधन र निर्माणकै क्रममा रहेको बताए ।

उनले संख्यात्मकभन्दा गुणात्मक क्षमताको विकास गरी मुलुकको अर्थतन्त्रमा योगदान दिनेगरि निजी क्षेत्रले भूमिका खेल्नुपर्नेमा पनि जोड समेत दिए। उनले स्वदेशी उत्पादन बढाई आयात प्रतिस्थापन गरी व्यापार घाटा न्युनिकरण गर्न सरकार गम्भिर भएको भन्दै यसका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य भएको स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.