कुवामा डुबेर बालकको मृत्यु

कुवामा डुबेर बालकको मृत्यु

सुर्खेत : पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-५ तोस्रामा शुक्रबार कुवामा डुबेर एक बालकको मृत्यु भएको छ। निर्माणाधिन कुवामा डुबेर १० वर्षीय  बालक रमेश बुचामगरको मृत्यु भएको हो। 

इलाका प्रहरी कार्यालय बाबियाचौकका अनुसार मामाघरमा बस्दै आएका रमेश शुक्रबार दिउँसो कुवामा परेका थिए। आमाबुवा दुवै शिक्षक भए पनि मामाघरमा बसेर अध्ययन गर्दै आएका थिए।

घटनाबारे अनुसन्धान भइरहेको इप्रका बाबियाचौरका प्रहरी निरीक्षक ज्ञानबहादुर खत्रीले जानकारी दिए। दुई वर्षअघि गाउँलेलाई पिउने पानीको जोहो गर्न एक गैसरकारी संस्थाले उक्त कुवा बनाउन सुरु गरेको थियो। तर, रकम अभावका कारण आधा निर्माण भएकै अवस्थामा छाडेपछि अहिले बालबालिकाका लागि जोखिमपूर्ण बनेको छ।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.