ज्यानमारा बन्दै मोहना–अत्तरिया सडक

ज्यानमारा बन्दै मोहना–अत्तरिया सडक

धनगढी  ः सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिसँग जोडिएको मोहना पुल–अत्तरीया सडक जेठ मसान्तसम्म निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता छ। तर, निर्माण आयोजना कार्यालयका अनुसार निर्माणको ५० प्रतिशत पनि सकिएको छैन। 

सडक निर्माणको ढिलासुस्तीका मारमा सर्वसाधारण परेका छन्। सडक निर्माण सुरु भएको २ बर्षको अवधिमा ५ जनाले उक्त सडकमा ज्यान गुमाएका हुन्। ‘६ लेन सडक समयमै सम्पन्न होला र १५ मिनेटमा धनगढी– अत्तरीयाको यात्रा गर्न पाइएला सोचेका थियौं’ धनगढी उपमहानगर–३ का पुष्प स्वाँरले भने, ‘सडक निर्माण कार्यमा भएको ढिलाईले हैरान भएका छौं । सडक सहज भन्दा पनि ज्यानमारा पो भयो।’ 

एकातिर धुवा धुलोले सास्ती हुने गरेको छ भने अर्को तिर सडक निर्माणमा बनाइएका खाल्डा खुल्डीका कारण दुर्घटना हुने गरेका छन्। सडक निर्माण सुरु भएको दुई बर्षमा ५ जनाले ज्यान गुमाएका छन्। शुक्रवार मात्रै धनगढीको राजपुरमा भारतीय नम्वरको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भयो २६ बर्षीय टेकवहादुर बलायरको घटनास्थलमै मुत्यु भएको हो।  

जिल्ला ट्राफिक कार्यालय कैलालीको तथ्यांक अनुसार २०७४ मंसिर ५ गते धनगढी उप–महानगरपालिका १३ राजपुरमा धनगढीबाट नेपालगञ्ज जादै गरेको ना ४ ख ३३३९ नम्बरको बसले साईकल यात्रुलाई ठक्कर दिँदा साईकलमा सवार कञ्चनपुर गुलरीयाका ३० बर्षीया सञ्जिव राजीको ज्यान गयो ।  २०७४ को पुष २७ गते सेती–महाकाली ट्रक व्यवसायी समितिको कार्यालय अगाडि दुर्घटना हँुदा धनगढी उप–महानगरपालिका–४ का भुपेन्द्र रावतको मृत्यु भयो ।  

यस्तै २०७५ को बैशाख १६ गते बोराडाडी आर्मी व्यारेक नजिक धनगढीबाट अत्तरिया जादै गरेको से ३ प ३६३५ नम्बरको मोटरसाईकलमा सवार धनगढी ४ का २७ बर्षीय अशोक पाण्डेको मृत्यु भयो भने २०७५ कार्तिक २ गते मोहनपुलमा से ३ प ३९७ नम्बरको मोटरसाईकल अनियन्त्रित हुँदा मोटरसाईकल चालक धनगढी ४ का २० बर्षीय सागर चौधरीको मृत्यु भएको हो।
जिल्ला ट्राफिक कार्यालय कैलालीका ट्राफिक प्रमुख अनिलकुमार उप्रेतिले निर्माणाधिन सडकमा धेरैको ज्यान गएकाले विषेश निग्रानीमा रहेको बताए । आयोजना कार्यालयले सडकमा धुलो न्यूनीकरणका लागि पानी हाल्ने गरेको बताए पनि कम हुन सकेको छैन।  

‘सडकमा त्यतिकै धुलो उड्छ’,  धनगढी बोराडाँडी ३ का पार्वती साउँदले भनिन्, ‘ठुलो ठुला खाल्डाखुल्डी अझ अगाडि बस गयो भने, धुलोले बाटो नै देखिदैन’ 

सडक निर्माण कम्पनी मध्येको एक राजेन्द्र निर्माण सेवाका कार्यकारी अधिकृत रोशन भट्ट भने, विहान बेलुका सडकमा पानी हाल्ने गरेको बताए । उनले सडकको भार भन्दा बढि सवारी साधन चल्ने भएकोले पानी हालेपनि धुलो हुने गरेको बताए । ‘पानी भन्दा बढि धुलोको क्षमता छ, त्यसैले धुलो कम हुँदै छैन’ कार्यकारी अधिकृत रोशनले भने, ‘हामी सडकमा धुलो कम गर्न पानी हाल्नेसंँगै नयाँ विकल्प खोज्दैछौं ।’

३ वटा निर्माण कम्पनीले ३ खण्डमा निर्माण गरिरहेको ६ लेनको सडक ठेक्का सम्झौता अनुसार यहि जेठमा सम्पन्न हुनुपर्ने हो । तर विगतमा सडक क्षेत्रमा पर्ने घर र अन्य संरचना हटाउने प्रकृयामा सर्वोच्च अदालत सम्म मुद्दा परेका कारण निर्माण कार्य समयमै सुरु हुननसकेको हो । सुरुवातको अवस्थामा समस्या भएपनि अब सडक निर्माण कार्यले गति लिइरहेको राजेन्द्र निर्माण सेवाका कार्यकारी अधिकृत भट्टको भनाइ छ । ‘काम पहिले भन्दा द्रुत गतिमा छ, हामीले डेढ बर्ष म्याद थपको माग गरेका छौं’ उनले भने, ‘त्यो भए थप म्यादको समय भित्र सडक निर्माण कार्य सक्छौ’ उनले भने ।

आयोजनाका प्रमुख होमबहादुर एसिले भने, ‘रुख कटानी नहुन्जेल विद्युतका पोल नहट्ने, विद्युत पोल नहट्दा सम्म टेलिफोनको लाइन नहटाइने । यहि कारण निर्माण कार्यमा ढिलाई भएको हो ।’ उनका अनुसार सडकको अहिले सम्मको भौतिक प्रगती ४० देखि ४५ प्रतिशत सम्पन्न भैसकेको छ । तोकीएको अवधिमा काम नसकिएपछि डेढ वर्ष म्याद थप गरिदिन निर्माण कम्पनिले आग्रह गरेको सडक आयोजनाका प्रमुख एसीले जानकारी दिए ।

धनगढीको भारतसँग सीमाना जोडिएको मोहनापुल देखि अत्तरिया चोकसम्म १४.२ किलोमिटर सडक को लम्बाइ हो ।  एक अर्ब ६८ करोडको लागतको यो आयोजनाका लागि तीन वटा ठेक्का दिइएका छन। प्याकेज एकको ठेक्काशर्मा-अमर-नागार्जुन जेभीलेपाएको छ भने प्याकेज दुइ र तीनको ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.