लुम्बिनीमा बुद्ध जयन्तीको तामझाम
लुम्बिनी : बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धजयन्ती तामझाम साथ मनाइँदैछ। लुम्बिनी भ्रमण वर्ष २०७६ समेत उद्घाटन हुने भएकाले यस वर्षको बुद्धजयन्ती विशेष छ। बुद्ध इसापूर्व ६२३ मा लुम्बिनी बगैंचामा जन्मिएका थिए। बैशाख पूर्णिमाकै दिन जन्म, ज्ञानप्राप्ति भएकाले बौद्ध धर्मालम्बीका लागि यो विशेष दिन हो।
बुद्धजयन्ती लुम्बिनीसँगै विश्वका अधिकांश मुलुकमा मनाउने गरिन्छ। लुम्बिनीमा हुने बुद्धजयन्ती समारोहमा सहभागिताका लागि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार नै लुम्बिनी आइसकेका छन्। उनले तिलौराकोट समेत भ्रमण गर्नुका साथै लुम्बिनीमा दीप प्रज्वलनमा सहभागी भएका थिए। आज बिहानै ओलीले लुम्बिनी विकास कोष परिसरमा फलफुलका विरुवा रोपेका छन्।
बुद्धजयन्तीको मुल समारोह उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी आउँदैछिन्। लुम्बिनीका सबै क्षेत्रमा अहिले झकिझकाउ पारिएको छ।