फोक्सुण्डो खोलामा जुम्लाका युवाको शव भेटियो

फोक्सुण्डो खोलामा जुम्लाका युवाको शव भेटियो

डोल्पा  : डोल्पाको शे–फोक्सुण्डा खोलामा जुम्लाका एक युवाको शव फेला परेको छ। शे–फोक्सुण्डो गाँउपालिका–८ लामागडाको फोक्सुण्डो खोलामा युवाको शव भेटिएको हो। 

 जुम्ला पातारासि गाउँपालिका–६ का करिब २२ वर्षका गोपाल बिष्टको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । खोला किनारमा ढुंगाले छोपेर राखेको अवस्थामा बिष्टको शव भेटिएको प्रहरीको भनाई छ। 

सामान पुर्‍याउन गएका खच्चड गोठालाले शव देखेर निकुञ्ज कार्यालयमा जानकारी दिएपछि प्रहरीलाई खबर गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपाल खनालले जानकारी दिए। निकुञ्जको क्षेत्रभित्र उनी किन कसरी गए भन्नेबारे आफनो कार्यालयको कुनैपनि ठाँउमा लिखित विवरण नभएको तर सुम्दुहा चेक पोष्टबाट छलेर आएको भन्ने खबर पाएको खनालले बताए ।  

निकुञ्जको कार्यालय सुलिगार्ड र तोइजम पोष्टमा उनी छिरेको कुनै विवरण नभएका कारण यार्सागुम्बा चोरीकै लागि आएको र बिरामी परेर मृत्यु भएको हुन सक्ने धेरैको आशंका छ । मृतक बिष्ट र अन्य तीनजना पनि सँगै रहेको  र उनीहरुले नै बिरामी अवस्थामा बोकेर दुनै ल्याउँदै गरेको स्थानीयले जानकारी दिएका छन्। 

शव पाएको खबर पाएपछि प्रहरी निरीक्षक शुभराज बमको नेतृत्वमा ९ जनाको टोलीले घटनास्थल पुगेको थियो। शव जिल्ला अस्पताल पुर्‍याएको छ । जुम्ला प्रहरी कार्यालयसँग समन्वय गरी आफन्तलाई जानकारी गराएको र बिष्टका आफन्त आउँदैगरेको प्रहरी नयाब उपरीक्षक अबदेश बिष्टले जानकारी दिए। 

उनी निकुञ्जमा किन प्रवेश गरे ? कसरी मृत्युभयो भन्नेबारे कुनै जानकारी नआएको उपरीक्षक बिष्टले बताए । आफन्त आइपुगेपछि सबैकुरा खुल्ने डीएसपी बिष्टले जानकारी दिए। 



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.