लुम्बिनीमा बुद्ध जयन्तीको रमझम (फोटो फिचर)

लुम्बिनीमा बुद्ध जयन्तीको रमझम (फोटो फिचर)

भैरहवा : शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा धुमधामकासाथ २५६३ औँ बुद्ध जयन्ती मनाइँदैछ । बुद्ध जयन्तीका अवसरमा विभिन्न मुलुकका बौद्ध धर्मालम्बीहरू लुम्बिनी आइपुगेका छन् । लुम्बिनीलाई दुलही झैं सिंगारिएको छ ।

 बुद्ध जयन्ती समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी कार्यक्रमस्थ पुगेकी छिन् । लुम्बिनी परिषरमा झाकीसहितको र्‍याली निकालिएको छ । शुक्रबार नै लुम्बिनी आइपुगेका प्रधानमन्त्री केपी ओलीले बुद्ध जयन्तीका अवसरमा निकालिएको र्‍यालीमा सहभागी भई थाइ बिहारमा भिक्षुहरूलाई चिवर दान गरेका छन । उनले लुम्बिनी परिषरमा २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रमको पनि शुभारम्भ गरे । 

यसै अवसरमा प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले उदघाटन गरेका छन् । 

प्रदेश ५  सरकारले २०७६लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । लुम्बिनी र प्रदेशका विभिन्न धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रहरूको पहिचान, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन थालेको हो । 

बुद्धको महापरिनिर्वाणपछि बुद्ध जयन्ती मनाउन थालेको २५६३ बर्ष पूरा भएको र बुद्धको जन्म त्यसभन्दा ८० बर्ष पहिले भएकाले बुद्धको जन्मको सम्झनास्वरुप २ हजार ६ सय ४३ वटा बिरुवा रोप्ने कार्यक्रम राखिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सरोज भट्टराईले बताए ।

लुम्बिनी पुग्नै सकस

बुद्ध जयन्तीमा लुम्बिनी जान चाहने पर्यटकलाई निकै सकस भएको छ । धुलाम्मे सडकका कारण लुम्बिनी पुगेका पाहुना तथा पर्यटकहरूले निकै सास्ती खेप्नु पर्यो । भैरहवा–लुम्बिनी–तौलिहावा सडकखण्ड निर्माणधीन अवस्था छ । जसका कारण पुरै सडक धुलाम्मे छ ।

सुरक्षा व्यवस्था कडा

बुद्ध जयन्ती समारोहका लागि लुम्बिनीको सुरक्षा व्यवस्था कडा पारिएको छ । चार वटै सुरक्षा निकाय नेपाली सेना,  नेपाल प्रहरी  सशस्त्र प्रहरी अुसन्धान विभाग परिचालन भएका छन् । लुम्बिनीको कुना–कुनामा सुरक्षाकर्मीहरू खटाइएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.