सर्लाहीबाट खुँखार डाँका पक्राउ

सर्लाहीबाट खुँखार डाँका पक्राउ

मलंगवा : खुनडाँका, संगठित अपराध र किर्ते मुद्धामा फरार लालबन्दी नगरपालिकाका संजीव पासवानलाई प्रहरीले पक्राउ गरेको छ। सर्लाही, महोत्तरी, सिन्धुली, सिरहा तथा भारतका विभिन्न स्थानमा खुनडाँका तथा संगठित अपराध गरी लुक्दै आएका  ४५ वर्षे पासवानलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो। 

मंसिर २० गते सर्लाहीको इश्वरपुर नगरपालिका–१३ स्थित हरिपुर नगरपालिका–७ का धनेश्वर महतोको पैसा लुटेर फरार रहेका पासवान प्रहरीको खोजीमा रहेको थियो। पैसा लुटेर फरार रहेका पासवानलाई ६ महिनादेखि प्रहरीले खोज्दै आएको थियो। गोप्य सूचनाको आधारमा प्रहरीले पासवानलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन्। 

डेढ वर्ष अगाडी कविलासी नगरपालिका–२ का सुनिल साहको हत्या गरी सुन र चाँदीको गरगहना लुट्ने घटनामा पनि उनको संलग्नता रहेको प्रहरीले जनाएको छ। पासवान विरुद्ध   महोत्तरीमा दुईवटा डाँका र एउटा सरकारी कागज किर्ते गरेको मुद्धा दर्तामा रहेको प्रहरी नायव उपरीक्षक राठौरले बताए। सिन्धुली र सिरहामा एक–एक डाँका मुद्धा उनको विरुद्ध दर्तामा रहेको छ। 

२०५८ सालमा रुपन्देहीको भैरहवामा डाँका गरेको आरोपमा पक्राउ परी साढे तीन वर्ष जेल सजाय समेत भोगेका पासवानले भारतको विभिन्न शहरमा एक दर्जन भन्दा बढी डाँका गरेको प्रहरीले जनाएको छ। 

पासवान २० वर्षको उमेरदेखि नै पेशेवर डाँकाको रुपमा अपराध गर्दै आएका थिए। सुरुमा भारतको विभिन्न स्थानमा डकैती गर्दै आएका पासवान पछिल्लो समयमा आएर नेपालका विभिन्न स्थानमा अपराध गर्दै आएको प्रहरीले जनाएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.