त्रिशूली थ्री बी हब स्टेशनको निर्माण सुचारु

त्रिशूली थ्री बी हब स्टेशनको निर्माण सुचारु

किस्पाङ (नुवाकोट) : नुवाकोटको उत्तरी भेगमा निर्माणाधिन त्रिशूली थ्री बी २२० केभी हब सबस्टेसनमा केही स्थानीयको अवरोध हटपछि निर्माण सुचारु भएको छ।

सदरमुकाम विदुरदेखि २० किलोमिटर उत्तर किस्पाङ गाउँपालिकाको शन्तिबजारमा निर्माण भइरहेको आयोजनामा स्थानीयले विभिन्न माग राखी दुई दिनदेखि अवरोध गरेका थिए।

किस्पाङ ५ पहिरेबेसीमा निर्माणाधीन सबस्टेसनको काम केही स्थानीयले नियतबस रोकेपछि केही दिनअघि  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरी जसरी पनि निर्माण सुचारु गर्न निर्देशन दिएका थिए। नियतबस अवरोध गरेको थाहा पाएपछि आक्रोशित घिसिङले नाजायज माग राखी अवरोध गरेमा स्थानीय प्रशासनमार्फत पक्राउ गर्ने चेतावनीसमेत दिएका थिए।

सुरक्षाको व्यवस्था भएपछि निर्माणमा खटिएको ठेकेदार कम्पनीले काम सुरु गरेको हो। ‘यो सबस्टेसन एक वर्ष भित्रमा बन्न सकेन भने रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न नसकी खेर फाल्नु पर्ने अवस्था छ, यसबापत प्राधिकरणले करौडौं रुपैयाँ पेनाल्टी तिर्नु पर्छ,’ उनले भनेका थिए, ‘यस्तो महत्वको आयोजनाको काममा अवरोध गर्ने ?’

विभिन्न माग राखेर निर्माण अवरोध गर्न मुख्य भूमिका खेलेको आरोप लागेका रसुवाका उत्तरगया गापा–४ का शिवप्रसाद भट्टराई, जानुका थापामगरलगायतका विरुद्धमा आयोजनाले जिल्ला प्रशासन तथा प्रहरी कार्यालय नुवाकोट र रसुवामा किटानी जाहेरी दिएको छ।

आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी तथा जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहने छ। आयोजनाको अनुमानित लागत एक करोड ६० लाख अमेरिकी डलर रहेको छ।

आयोजनाको निर्माण यही २०१९ को डिसेम्वर अर्थात् अगामी पुस महिनाभित्रमा सक्ने लक्ष्य राखिएको छ। यससँगै त्रिशूली नदी जलविद्युतको हवका रुपमा विकसित हुँदै गएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.