मेयर चढ्ने गाडीमा आगजनी गर्ने दुईजना पक्राउ

मेयर चढ्ने गाडीमा आगजनी गर्ने दुईजना पक्राउ

अछाम : अछामको मंगलसेन नगरपालिकास्थित गाडी आगजनीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मंगलसेन नगरपालिका–१ कुन्तीबण्डालीका १९ वर्षीय दिपेन्द्र जैगढी र १९ वर्षीय एकेन्द्रराज नाथलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनक शाहीले जानकारी दिए ।

शाहीका अनुसार अभियुक्तहरुले गाडीमा आफूहरुले आगजनी गरेको स्वीकार गरिसकेका छन् । घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मंगलसेन नगरपालिका परिसरमै पार्किङ गरिएको सोही नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा बैशाख ३१ गते राति आगजनी भएको थियो । जुन नगरपालिकाका मेयर चढ्ने गाडी थियो ।

एक वर्षअघि १ करोड २० लाखमा खरिद गरिएको उक्त गाडी आगजनी भएपछि प्रहरीले अनुसन्धान तिब्र बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.