दुर्गमका शिशु : गोठमै जन्मिन्छन्, गोठमै मर्छन् !

दुर्गमका शिशु : गोठमै जन्मिन्छन्, गोठमै मर्छन् !

बाजुरा : हिमाली गाँउपालिकास्थित धिमकी पुल्तिसरा सार्कीले पाँचवटा बच्चा गोठमै जन्माइन्। ती मध्ये दुई बच्चा गोठमै मरे। बच्चा जन्माएको एक महिनासम्म गोठमा बस्दा चिसोले बच्चाको ज्यान लिएको उनीले बताउँछिन्।

त्यही गाँउकी रेला रोकायाले बच्चा जन्माइन्। तर, एक महिना नपुग्दै बच्चाको मृत्यु भयो। रेलाले पनि आफ्नो बच्चा चिसोकै कारणले बताइन्। गोठमै जन्माएर गोठमै बस्दा प्रयाप्त चाहिले तापक्रम नपुग्दा बच्चाको मृत्यु भएको उनको बुझाइ छ।

बच्चा जन्मिएको बेला घरमा बस्न पाइँदैन। त्यही कारण आफु जस्तै गाँउमा अन्य महिलाले जन्माएका बाच्चाको पनि मृत्यु हुने गरेको रेला बताउँछिन्। एकातिर सुत्केरी अवस्थामा कडा काम गर्नु पर्ने अर्को गोठमा बस्नु पर्ने वाध्यता भएकाले आफुहरुले जन्माएका बच्चा असुरक्षित हुने गरेको हिमाली गाँउपालिकास्थित रुगीन बस्ने सरस्वती बुडथापाले बताइन्।

हुम्लाको ताजाकोट गाँउपालिकाकी दुधारी धामीले पनि जम्मा ३ बच्चा जन्माइन्। तर, २ बच्चाको मृत्यु शिशु अवस्थामै भयो। गोठ वास नै मृत्युको कारण थियो। गोठमा बस्दा बच्चा सहित आफ्नो ज्यान पनि खतरामा रहेको उनले बताइन्।

बाजुराको रुगिन स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रेमकला मल्लले पनि दुर्गम गाँउका धेरै शिशुहरु गोठमै मर्ने गरेको बताइन्। सुत्केरी भएका महिलाहरुलाई घरमा राखे देउता रिसाउँछन् भन्ने मान्यताले दुर्गममा आमा र बच्चा सँधै खतरामा रहेको मल्लको निष्कर्ष छ।

अर्कोतर्फ गोठमै बच्चा जन्माउने र गोठमै एक महिनासम्म बस्ने भएकाले बच्चा मर्ने गरेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले  पनि जनाएको छ। गोठमा बस्दा निसास्निे र अन्य रोगको संक्रमण हुने भएकाले बच्चाको मृत्यु हुने गरेको जिल्ला अस्पतालमा कार्यरत सिनेर अहेब रामचन्द्र यादबले बताए।

गाँउमा धेरै बच्चाको मृत्यु भएको तथ्याङ्क नआए पनि जिल्ला स्वास्थ्य कार्यलय रेकर्डमा २८ दिन भित्र गोठमै मृत्यु हुने शिशुको संख्या उल्यख्य छ। जिल्ला स्वास्थ्य कार्यलयको तथ्याङ्क शाखामा कार्यरत रुगम थापाका अनुसार आर्थिक वर्ष ०७०/०७१ मा २४ जना शिशुको गोठमै मृत्यु भएको छ।

त्यस्तै ०७१/०७२ मा ८३ जना, ०७२/०७३ मा ६९ जना, ०७३।०७४ मा १७ जना र ०७४/०७५ मा १८ जना शिशुको गोठमै मृत्यु भएको तथ्यांक जिल्ला सवास्थ्य कार्यालयमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.