तातेको पन्यु चाट्ने ‘धुनी’ जात्रा

तातेको पन्यु चाट्ने ‘धुनी’ जात्रा

बैतडी : जिल्लाको मेलौली नगरपालिका ५ महारुद्रमा शनिबार बुद्ध पूर्णिमाका दिन धुनी जात्रा सम्पन्न भएको छ। वैशाख शुक्ल नवमीमा सुरु भएको धुनीजात्रा बौद्ध पूर्णिमासम्म मनाइन्छ। यो जात्रामा धामीहरूले आगोमा तताएर रातो बनाएको फलामको पन्युलाई चाट्ने गर्दछन्।

यो नै जात्राको मुख्य आकर्षण रहेको स्थानीय संस्कृतिका जानकार गोपालराम पोखरेलले बताए। उनले भने ‘देवीको शक्तिको रुपमा धामीहरूले तताएको पन्यु चाट्ने गर्दछन्। उनीहरूलाई केही पनि हुँदैन। तताएको पन्यु जिब्रोमा राखेर चाट्ने गर्दछन्। यो पहिलादेखिकै चलन हो।’

यो जात्रामा शितलादेवीको रुपमा भगवतीको पूजाआजा गरिने मेलौली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बलभद्र दयालले बताए। उनले भने ‘धुनी जात्रामा सहभागी हुनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थी समेत आउने गर्दछन्। देवीको शक्तिले परापूर्वकालमा शितला रोग निको भएकाले शितलादेवीको पूजाआजा गर्ने गरिएको छ।’

धुनीजात्रामा दलित, ब्राह्मण, क्षेत्री सबै समुदायका मानिस एकै ठाउँमा जमा भएर पूजाआजा गर्ने चलन रहेको आएको वडा अध्यक्ष दयालले बताए। उनले भने ‘समाजमा रहेको छुवाछुत हटाउन पनि यो जात्रा निकै सहयोगी बनेको छ। हामी सबै जातजातीका मानिस एकै ठाउँमा बसेर पूजाआजा गर्ने गर्दछौं। जात्रामा सबै समान हिसाबले सहभागी बन्छौं। यो जात्रालाई सामाजिक सद्भावको जात्रा भन्दा पनि हुन्छ।’

धुनीजात्रामा हरेक दिन भगवतीको विशेष पूजाआजा हुने गर्दछ। दमाहा बजाउने र धामी काप्ने तरीका नै यो जात्राका आकर्षण मानिन्छन्। धुनीजात्राको दर्शन तथा अवलोकनका लागि सैयौंको भीड लाग्छ। आगोको धुनी वरीपरी धामीहरू काँपेका दृश्य देखिन्छन् भने आगोमा तताएको पन्यु चाट्ने धामी हेर्नेहरूको समेत भीड लाग्ने गरेको छ।

धुनीजात्रामा शीतलादेवीको पूजाआजा गरेमा रोगव्याधी नष्ट हुने जनविश्वास रही आएको छ। ‘हाम्रो पहिलादेखिको संस्कृति हो। करीब ६ दिन सम्म यो जात्रा लाग्ने गर्दछ। यो जात्रामा हजारौं दर्शनार्थीहरू आउने गर्दछन्।’

वडा अध्यक्ष दयालले भने,‘यसको प्रचारप्रसार गर्न सके धार्मिक पर्यटकहरूलाई भित्र्याउन सकिन्छ। दैवीशक्तिको शाश्वत उदाहरण पनि धुनी जात्रा हो। समान्य मानिसले तातो पन्यु जिब्रोमा राख्न सक्तैन। धामी काँपेर तातो पन्यु मजाले जिब्रोमा राख्ने गर्दछन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.