गृहजिल्ला दोलखामा चार वरिष्ठ कलाकार सम्मानित
दोलखा : लामो समयदेखि कलाकारिता तथा लोक गायनबाट ख्याती कमाएका दोलखाका ४ जना वरिष्ठ कलाकारलाई अभिनन्दन गरिएको छ। प्रेम–पूर्ण–प्रताप फाउन्डेसन नेपाल दोलखाले चार वरिष्ठ कलाकारलाई अभिनन्दन गरेको हो।
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, लोक गायक कुमार बस्नेत, हरिबहादुर राउत र नाट्य कलाकार पुष्कर गुरुङलाई अभिनन्दन गरिएको हो। प्रदेश ३ का सांसद विशाल खड्काले उनीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे।
लोकगीत तथा कलाकारिताको माध्यमबाट जिल्लाको नाम चिनाएकोले जन्मभूमि दोलखामा कलाकारहरूलाई अभिनन्दन गरिएको प्रेम–पूर्ण–प्रताप फाउन्डेसनका अध्यक्ष शिवजी प्रधानले जानकारी दिए।
फाउन्डेसनकी संरक्षक पद्मा प्रधानले शिक्षा क्षेत्रमा सहयोग गर्न ५ लाखको अक्षयकोष स्थापना गरेकी छन्।