मन्त्री यादव भन्छन्- 'लेखापरीक्षकले मुख मिलाउन हुँदैन'

मन्त्री यादव भन्छन्- 'लेखापरीक्षकले मुख मिलाउन हुँदैन'

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पेशागत मर्यादाभित्र रहेर लेखापरीक्षण गर्न लेखापरीक्षकलाई आग्रह गरेका छन्। नेपाल अडिटर्स एसोशियसन (अडान), उपत्यका प्रदेश समितिको पाँचौ अधिवेशनको शनिबार उद्घाटन गर्दै यादवले लेखा परीक्षणको नाममा राज्यलाई आर्थिक नोक्सानी पुर्‍याउन नहुनेमा जोड दिए।

'आर्थिक हिसाब प्रष्ट पार्न लेखापरीक्षकको आवश्यकता छ। लेखापरीक्षण गर्दा राज्यलाई आर्थिक नोक्सानी हुने गरी ‘मुख मिलाउन’ हुँदैन।', उनले भने। वास्तविक लेखापरीक्षण गरेर आर्थिक हिनामिना गर्न नदिन लेखापरीक्षकको ठूलो भूमिका रहेको औँल्याउँदै उनले लेखापरीक्षणका क्रममा हुने अनियमितता रोक्न सम्पूर्ण लेखापरीक्षक एक हुनुपर्ने बताए।

'लेखा परीक्षणका क्रममा हुने अनियमितता रोक्ने हैसियत र सीप तपाईंहरूसँग छ, अब सरकारलाई लेखापरीक्षकको साथ चाहिएको छ', मन्त्री यादवले भने। जनतालाई प्रभावकारी सेवा उपलब्ध गराउन आफू क्रियाशील रहेको उल्लेख गर्दै उनले कम्पनी, उद्योग, प्रतिष्ठान दर्तालगायत कामलाई सहज बनाउन सरकाले एकल बिन्दु सेवा केन्द्र स्थापना गरिएको बताए।

'एकल बिन्दु सेवा केन्द्रबाट सम्पूर्ण सेवा उपलब्ध हुनेछ, अब लेखापरीक्षकले कम्पनी तथा उद्योगसँग सम्बन्धित फाइल बोकेर विभिन्न निकाय धाउनुपर्ने छैन, कर्मचारी र लेखापरीक्षकले पूरानो मानसिकता त्यागेर कुनै अनियमितता नगरी काम गर्नुपर्छ', उनले भने।

नेपाल अडिटर्स एसोशियसन (अडान) का अध्यक्ष मोहनराज रेग्मीले विगतमा लेखापरीक्षण पेशामा विकृति देखिएको स्वीकार गर्दै अब उप्रान्त लेखापरीक्षणका क्रममा हुने मिलेमतो रोक्नुपर्ने बताए। नेपाल चार्टड एकाउन्टेन ऐन, २०५३ ले लेखापरीक्षकलाई विभेद गरेको गुनासो गर्दै उहाँले विभेद हटाउन सबै एकजुट भएर लाग्नुपर्ने बताए।

सो अवसरमा अडानका प्रतिनिधिले उद्योग तथा कम्पनी दर्ता गर्न सहज भए पनि खारेजी गर्न विभिन्न झण्झट व्यहोर्नुपरेको, सहजैरुपमा राजस्व दाखिला गर्नेलगायत नीतिगत व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेका थिए। एशोसियसनमा तीन हजारभन्दा बढी लेखापरीक्षक आबद्ध रहेका छन् भने उपत्यकाभित्र दुई हजार ५०० बढी लेखापरीक्षक छन्। अधिवेशनले उपत्यका प्रदेश समितिको नयाँ नेतृत्व चयन गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.