बुद्ध जयन्तीमै लुम्बिनीको पोखरीमा भातैभात !

बुद्ध जयन्तीमै लुम्बिनीको पोखरीमा भातैभात !

 बुटवल : बुद्धजयन्तीको दिन लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी भ्रमण वर्ष उद्घाटनसँगै अन्य धेरै कार्यक्रममा सहभागी भए। ओलीले भिक्षुलाई भोजन दानसमेत गर्न भ्याए।

राष्ट्रपति र प्रधानमन्त्रीले भाषण गरिरहदा कार्यक्रम स्थल नजिकैको पोखरीमा झुठो भातको रास थुप्रिदै थियो। विगतका वर्षमा जस्तै १० हजार जनालाई निःशुल्क भोजन गराउने कार्यक्रम थियो। यसको खर्च गरेको थियो होटल कासाईले। तर फोहोर व्यवस्थापनको जिम्मा कसैले लिएनन्।

पवित्रभूमि लुम्बिनीको सग्राहलय नजिकैकै पोखरीमा जुठो भात फालियो भने छेउछाउमा भाडाको थुप्रो लाग्यो। भोजन गराएर फोहोर व्यवस्थापन गर्न नसक्दा लुम्बिनी एकै छिनमा कुरुप बन्यो। 

विगत ८ वर्षदेखि निरन्तर बुद्ध जयन्तीका दिन ६ हजार जनालाई भोजन गराउदै आएको यो होटलले यसपटक ७ हजारलाई निशुल्क भोजन गराउने योजना बनाएको थियो। यद्यपि भोजनमा १० हजारले सहभागीता जनाएको लुम्बिनी कासाई होटलका महाप्रबन्धक बिनेश मानन्धरको भनाइ छ। 

होटल जापानी नागरीक नोबु कासाईको हो। कासाई लुम्बिनीको सद्भावना दूत पनि हुन्। पर्यटकले भात खाएका भाडा देखेर अचम्म मानिरहेका थिए। स्वदेशी पर्यटक नाक छोप्दै हिँडेको प्रष्ट देखिन्थ्यो। 

लुम्बिनीमा विगतमा बुद्धजयन्तीमा समेत यस्तै प्रवृत्ति देखिएको थियो। स्थानीयलाई सचेतना दिन कामै नभएका कारण फोहोर व्यवस्थापन जटिल बन्दै गएको छ। विकास कोषका कर्मचारीले बुद्धजयन्तीमा कमाउने मात्रै ध्यान दिँदा फितलो व्यवस्थापन हुने गरेको धेरैको आरोप छ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.