पाकिस्तानलाई ह्विलचेयर क्रिकेटको उपाधि

पाकिस्तानलाई ह्विलचेयर क्रिकेटको उपाधि

काठमाडौं : पाकिस्तानले एसिया कप ह्विलचेयर टीट्वेन्टी एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा भारतलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तानले उपाधि जितेको हो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भारतले दिएको दुई सय ११ रनको लक्ष्य पाकिस्तानले १९.३ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो। पाकिस्तानको जितमा मोहमद लतिफले अविजित एक सय ५६ रनको शतकीय पालि खेले। यस्तै मोहमद फियाज र सैयद अहमदले समान १५ रन बनाए। भारतका सौरभ मल्लिकले दुई तथा पर्शुराम देस र विश्वनाथ गौरवले एकएक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर दुई सय १० रन बनाएको थियो। भारतका सौरभ मलिकले अविजित एक सय चार रन बनाए। यस्तै निकुल प्रजापतिले पनि अविजित ६३ रन जोडे। पाकिस्तानका एड्नान नासिर र सैयद अहमदले एकएक विकेट लिए।

उपाधिसँगै पाकिस्तानले ६० हजार नगद प्राप्त गर्‍यो। उपविजेता भारतले ३० हजार पायो। नेपाल ह्विलचेयर क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा पाकिस्तानका मोहमद लतिफ उत्कृष्ट खेलाडी घोषित भए। उनले पाँच हजार नगद पुरस्कार प्राप्त गरे। लतिफले उत्कृष्ट ब्याट्सम्यानको उपाधि पनि जिते। भारतका सौरभ मलिक उत्कृष्ट बलर घोषित भए।

प्रतियोगितामा नेपालसहित पाकिस्तान, भारत र बंगलादेशले प्रतिस्पर्धा गरेका थिए। लिग चरणमा भारत शीर्ष र पाकिस्तान दोस्रो हुँदै फाइनलमा पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.