गाडीले ठक्कर दिँदा भैंसी चराइरहेका बाबुछोराको मृत्यु

गाडीले ठक्कर दिँदा भैंसी चराइरहेका बाबुछोराको मृत्यु

मलंगवा : सर्लाहीमा स्कर्पियोले ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ। शनिबार साँझ ६ बजे नवलपुरदेखि मलंगवा आउँदै गरेको बा १९ च २५८८ नम्बरको स्कर्पियोले ठक्कर दिँदा सडक किनारमा बसेर भैंसी चराइरहेका बाबुछोराको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी प्रतितसिंह राठौरका अनुसार सर्लाही हरिपुर नगरपालिका ४ हरैयाका ४० वर्षीय जैसी यादव र उनको छोरा १० वर्षीय लक्ष्मणको मृत्यु भएको हो। 

तिब्र गतिको स्कर्पियोले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको डिसपी राठौरले जानकारी दिए। प्रहरीले स्कर्पियो र चालक २० वर्षीय शिवनारायण साहलाई नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.