काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ३ को मृत्यु

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, ३ को मृत्यु

धादिङ : काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबस आइतबार बिहान धादिङमा दुर्घटना भएको छ । दुर्घटनामा परी हालसम्म ३ जनाको मृत्यु भएका धादिङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् । धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारकाअनुसार मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन् ।

ना ७ ख ४३८७ नम्बरको यात्रुबस गजुरी गाउँपालिका–६ बन्छेटारमा सडकबाट त्रिशुली नदीमा खसी दुर्घटनामा परेको हो । बसको आधा भाग पानीमा डुबेको छ ।  नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयबासी उद्धारमा जुटिरहेका छन्। दुर्घटनाका घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । 

विस्तृत विवरण आउँन बाँकी छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.