अस्ट्रेलियामा सत्तारुढ दल विजयी

अस्ट्रेलियामा सत्तारुढ दल विजयी

मेलबर्न : अस्ट्रेलियाको संसदीय निर्वाचनमा प्रधानमन्त्री स्कट मरीसन नेतृत्वको गठबन्धन विजयी भएको छ । जितपछि उत्साहित हुँदै मरिसनले जनताप्रति आभार व्यक्त गरेका छन् । उनले भने, ‘मलाई चमत्कारमा विश्वास लाग्छ ।’ विपक्षी दलका नेता तथा अस्ट्रेलियन लेबर पार्टीका बिल शर्टनले आफ्नो पराजय स्वीकार गरेका छन् । उनले पराजयको जिम्मेवारी लिँदै पार्टी नेतृत्वबाट राजीनामा दिएका छन् । उनले भने, ‘राष्ट्रिय हितका लागि केही समयअगाडि मैले लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री स्कट मरिसनलाई फोन गरी बधाई दिइसकेँ ।’

निर्वाचन सर्वेक्षणमा भने लेबर पार्टीको जित हुने सम्भावना देखाइएको थियो । ७० प्रतिशत मत गणना हुँदासम्म मरीसनको गठबन्धन विजयी भएको अगाडि रहेको छ । यसैबीच सिड्नीको वारिङगा निर्वाचन क्षेत्रबाट संसद् सदस्यका लागि उम्मेदवारी दिएका लिबरल पार्टीका नेता तथा सन् २००९ देखि सन् २०१५ सम्म सरकारको नेतृत्वमा रहेका पूर्वप्रधानमन्त्री टोनी अबोट पराजित भएका छन् ।

अस्ट्रेलियाकी पूर्वविदेशमन्त्री जुलिया बिशपले अबोटको पराजयको पुष्टि गर्दै नतिजाप्रति दुःख व्यक्त गर्दै भनिन्, ‘मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका अबोटको पराजयबाट म निकै दुःखी बनेकी छु ।’ पूर्वप्रधानमन्त्री अबोटको समलिंगी विवाह र जलवायु परिवर्तनबारेको विचार जनताबाट अनुमोदन हुन नसकेको उनले बताइन् ।

यस वर्षको निर्वाचनमा १ करोड ६० लाख मतदाता मतदानका लागि योग्य ठहरिएका थिए । स्थानीय समयअनुसार शनिबार बिहान ८ बजे निर्वाचन शुरु भई साँझ ६ बजेसम्म मतदान भएको थियो । शनिबार पहिले विभिन्न देशमा रहेका करिब ४७ लाख ६० हजार अस्ट्रेलियालीले मतदानमा भाग लिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.