बल्ल आयो थाइल्यान्डबाट एग्रिमो

बल्ल आयो थाइल्यान्डबाट एग्रिमो

काठमाडौं : राजदूत सिफारिस भएको पाँच महिनापछि सम्बन्धित मित्र मुलुकबाट सहमति (एग्रिमो) आएको छ। परराष्ट्रका कर्मचारीले यति समय एग्रिमो कुर्नपरेको थिएन। यो परराष्ट्र अधिकारीका लागि एक प्रकारको पाठ नै हो।

गत पुस ६ मा मन्त्रिपरिषद्बाट पाँच मुलुकमा सिफारिस भएका राजदूतमध्ये थाइल्यान्डका लागि सिफारिस भएका गणेशप्रसाद ढकालको सहमति दुई दिन अघिमात्र आएको हो। संसदीय सुनुवाइ माघ पहिलो साता नै सकेर सहमतिका लागि परराष्ट्रले पठाए पनि थाइल्यान्डले आन्तरिक कारण भन्दै सहमति दिन ढिलाइ गरेको परराष्ट्र अधिकारीले बताए। सामान्यतया तीन महिनासम्म सहमति नआउँदा व्यक्तिलाई अस्वीकार गरेको सन्देश जान्छ। तर प्रस्ताव गरेको मुलुकले ६ महिनासम्म कुर्ने प्रचलन छ।

पुस ६ को मन्त्रिपरिषद्ले दीपक अधिकारी (फ्रान्स), भृगु ढुंगाना (क्यानडा), दुर्गाप्रसाद भण्डारी (कुवेत), ढकाल (थाइल्यान्ड) र मणिप्रसाद भट्टराईलाई (राष्ट्र संघको स्थायी प्रतिनिधि जेनेभा) नियुक्तिका लागि सिफारिस गरेको थियो। त्यसमध्ये ढकालको अझै बाहिर नआएको हो। ढकालको नियुक्ति ढिलाइको कारण उनको एग्रिमो हो। ढकाल अहिले चीन समेत हेर्ने उत्तर पूर्वी महाशाखा प्रमुख छन्।

राजनीतिक सिफारिस व्यक्तिको यति समय ढिलाइ भएका भए अस्वीकृत भएको भनिन्थ्यो तर परराष्ट्र कर्मचारी भएको र प्राविधिक कारणले ढिलाइ भएको सन्देश प्रधानमन्त्री कार्यालयलाई दिइएको छ। उनको नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा पत्र गइसकेको पनि परराष्ट्र अधिकारीले बताए। ढुंगानन शनिबार जिम्मेवारी सम्हाल्न क्यानडा जाँदैछन्। थाइल्यान्ड लागि सिफारिस भएका ढकालले अझै नियुक्तिपत्र पाउन सकेका छैनन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.