लियो क्लब काठमाडौंको साधारण सभा
काठमाडौं : लियो क्लब अफ काठमाडौँ निर्वानाले आफ्नो तेश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार भएको साधारण सभाले लियो प्रतीक लम्साललाई क्लबको चौथो अध्यक निर्वाचित गरेको हो । साधारण सभाले लियो सम्झना प्याकुरेल ,लियो सज्जु थापा, लियो स्मृति घिमिरेलाई क्रमश : प्रथम, द्वितीय र त्तृतीय उपाधक्ष्यमा निर्वाचित गरेको छ । क्लबको सचिवमा लियो मनिषा प्याकुरेल तथा कोषाधक्ष्यमा लियो विकल्प राज पौडेल भएका छन् ।
क्लबको लियो वर्ष २०१८/१९ का अध्यक्ष लियो मन्दिरा थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका अभिभावक लायन भोजराज न्यौपाने,लायन्स क्लब अफ काठमाडौँ निर्वानाका अधक्ष्य लायन कुलराज थापा, लियो जिल्ला परिषद ३२५ बी २ नेपालका सचिव तथा नवनिर्वाचित उपाधक्ष्य लियो कुबेर पाठक, लायन्स क्लब अफ काठमाडौँ निर्वानाका नवनिर्वाचित अधक्ष्य लायन रुपा न्यौपाने, लियो संजय कुमार महतो, लियो राजन राज खनालले आ-आफ्नो मन्तव्य राखेका थिए ।