फुटबल खेल्न गएका किशोर दुई दिनदेखि बेपत्ता

फुटबल खेल्न गएका किशोर दुई दिनदेखि बेपत्ता

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका- १० (साविक कनपा १७) गौरनटोल भिमानका १७ वर्षीय किशोर दुई दिनदेखि बेपत्ता छन्। शनिबार बिहान ६ बजे घरनजिकै फुटबल खेल्न भनी घरबाट निस्केका सनिस देवकोटा अहिलेसम्म सम्पर्कमा नआएको उनकी आमा सोविता देवकोटाकाले जानकारी दिइन्।

' बिहान फुटबल खेल्न जान्छु भन्दै निस्केको थियो। तर, अहिले २० घण्टा बढी भइसक्यो सबै आफन्त र साथीभाइकोमा खोजिसक्यौं, कतै फेला परेको छैन्,' उनले भनिन्। घर नजिकैको मावि धामीडुमरीयामा कक्षा ७ मा अध्ययनरत देवकोटा एकाएक वेपत्ता भएपछि परिवारमा रुवाबासी चलेको छ । छोरो घर नफर्केको २० घण्टा बढी भएको भन्दै छोराको खोजिमा सघाइ दिन भन्दै आमा सोविताले प्रहरी र संचारकर्मी गुहारेकी छिन्।

'सधैं घरमा नै बस्ने गथ्र्यो। स्कुल छुट्टीभाको दिन एकछिन साथीसँग खेलेर आउँछु भनेको थियो तर, घर फर्केर आएको छैन,' उनले भनिन्। सनिस साथीसँग पनि शनिवार सम्पर्कमा नआएको उनका साथीहरुले बताएको आमा सोविताले जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.