पाणिनि तपोभूमिमा महायज्ञ

पाणिनि तपोभूमिमा महायज्ञ

सन्धिखर्क : नेपालका एक सय गन्तब्य स्थलभित्र परेको पाणिनि तपोभूमिको प्रचारप्रसार गर्न धार्मिक महोत्सव सुरू भएको छ। श्री ब्रह्म वैवर्त पुराण अनुष्ठान ज्ञान महायज्ञको पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले उद्वघाटन गरेका थिए। जारी धार्मिक महायज्ञमा व्यासाचार्य भुवन गुरूले कथा बाचन गरिरहेका छन्।महायज्ञ जेठको ६ गते अर्थात् सोमबार समापन हुनेछ। 

विश्वको प्राचीन भासा संस्कृतको ब्याकरणको उत्पत्ति भएको र रचना भएको अर्घाखाँचीको पाणिनि तपोभूमि ओझेलमा परेको छ। हजारौं वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदमिमा आएका पाणिनि ऋषीले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए।पाणिनि तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो। 

 यसै क्षेत्रमा आएर पाणिनि ऋषीले तपस्या गरेपछि भगवान शिव प्रशन्न भएर डमरु बजाउँदै चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत व्याकरणको रचना गरेको पंडित केसवानन्द मरासिनीको भनाइ छ। यस क्षेत्रको ब्यापक प्रचार प्रसार गर्न सके विश्वकै एउटा धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ। 

अर्घाखाँचीको पूर्वमा रहेको पाणिनि गाउँपालिका- १ पणेनामा यो तपोभूमि पर्दछ। यस तपोभूमिबाट उत्तर फर्कदा हिमालयका हिम श्रृंखला, दक्षिण फर्कदा तराईका फाँट अनि भारतीय भूमि देख्न पाइन्छ।

अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनधारेबाट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ। पाणिनि ऋषीले पणेनामा तपस्या गरेर निस्किएको चौध सुत्रलाई महेश्वर सुत्राणी भनिएको र तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरेको भन्ने संस्कृतका विज्ञ बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.