६ देशका सेनाले थाले पोखरामा सैन्य अभ्यास

६ देशका सेनाले थाले पोखरामा सैन्य अभ्यास

पोखरा : ६ देशका सैनिकहरु विपद् व्यवस्थापन सम्बन्धी सैन्य अभ्यासमा जुटेका छन्। पोखरामा आइतबारदेखि नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डले त्यसको चाँजो मिलाएका हुन्।

सैन्य अभ्यासमा नेपाल, अमेरिका, श्रीलंका, माल्दिभ्स, इन्डोनेसिया, बंगलादेश र क्यानडाको सहभागिता छ। नेपालको तर्फबाट नेपाली सेनासहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस, स्थानीय विपत् व्यवस्थापन समिति, नेपाल टेलिकम, विमानस्थलका कर्मचारी र स्थानीय निकायका प्रतिनिधिले समेत तालिमका भाग लिएका छन्। 

नेपाली सेना र अमेरिकी सेनाको प्यासेफिक कमान्डले सन् २०११, १३, १५ र १८ मा काठमाडौंमा यस्तो अभ्यास गरिसकेका छन्। आउँदो १२ गतेसम्म चल्ने अभ्यासमा २२० जना सहभागी रहेको जानकारी नेपाली नेपालको विपत् नियन्त्रण निर्देशनालयका सहायक रथी जीतबहादुर गुरुङले दिए। 

उनका अनुसार सहभागीले फेवाताल, चमेरे गुफा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मनिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेज, पोखरा विमानस्थल लगायत ठाउँमा प्रयोगात्मक अभ्यास गर्नेछन् । तालिममा सैद्धान्तिक कक्षासमेत हुने गुरुङले सुनाए । 

‘विपत व्यपस्थापन सम्बन्धमा विभिन्न देशका घरेलु अनुभव र ज्ञानआदान–प्रदान हुनेछ,’ सहायक रथी गुरुङले भने, ‘भविष्यमा आउन सक्ने सम्भावित विपत्लाई कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।’ 

तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमानले तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे। नेपाली सेनाका बलाधिकृत रथी गौरव तान्डुलले नेपाली र अमेरिकी सेनाको अघिल्लो सैन्य अभ्यासले २०७२ सालको भूकम्प र केही समय पहिले बारा र पर्सामा गएको हावाहुरीमा नेपाली सेनाले प्रभावकारी काम गरेको बताए। अमेरिकी सेनाको मेजर जोनाथन स्वायरले तालिमले सहभागी सबै देशमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.