माओवादी निकट मजदुर संगठनले एकता प्रक्रिया नमान्ने

माओवादी निकट मजदुर संगठनले एकता प्रक्रिया नमान्ने

काठमाडौं : मजदुर संगठन एकता प्रक्रियालाई लिएर माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले आपत्ति जनाएको छ। महासंघका पधाधिकारीले आइतबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापनपत्र बुझाउँदै एकता प्रक्रियामा नमान्ने बताएका हुन्।

अखिल नेपाल ट्रेड युनियन महासंघकै अर्को समूहले एकता प्रक्रिया स्वागतयोग्य भएको भन्दै वक्तव्य जारी गरिसकेको छ।  एमाले र माओवादी निकट निकट ट्रेड युनियनको एकता अवैधानिक भएको भन्दै माओवादी निकट ट्रेड युनियनका पदाधिकारीको यो समुहले आपत्ति जनाएको हो।

पार्टीका दुबै अध्यक्षलाई बुझाइएको ज्ञापनपत्रमा महासंघका अध्यक्ष गणेश रेग्मी, उपाध्यक्ष धनबहादुर बिक लगायतका पधाधिकारीले हस्ताक्षर गरेका छन्। 'पार्टीको नीति र निर्णय अनुसार दुई संघठनका अध्यक्ष नै पहिलो र दोस्रो हुने भन्ने थियो। तर, उक्त नीति विपरित ट्रेड युनियनको एकता भयो' अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष रेग्मीले भने,'त्याग, योगदान, निरन्तरता , ज्ञान, अनुभव त कता हो कता निर्णय गर्नु अगाडि थोरै पनि छलफलको भएन,यस निर्णयले आगामी एकता प्रक्रिया सहज हुने देखिदैन।'

नेकपा सचिवालयले जेठ ३ मा जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाउँदै मजदुरको नेतृत्वमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठलाई संयोजक र सहसंयोजकमा माओवादी निकट मजदुर संगठन (अन्टुफ)का महासचिव जगत सिम्खडालाई चयन गरेको थियो । अन्टुफमा रेग्मी र सिम्खडाको अलगअलग समूह छ । सिम्खडा नेतृत्वमा पुगेपछि रेग्मीले केही पदाधिकारीलाई साथ लिएर एकता प्रक्रिया नमान्ने भन्दै नेतृत्वलाई ज्ञापनपत्र बुझाएका हुन् । 

विधिवत रुपमा एकता प्रक्रिया टुंगो नलागेसम्म अखिल नेपाल ट्रेड युनियन महासंघ वैधानिक रुपमा रहिरहने समेत अध्यक्ष रेग्मीले अन्नपूर्णलाई जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.