गर्भपतनसम्बन्धी कानुनलाई ट्रम्पको समर्थन

गर्भपतनसम्बन्धी कानुनलाई ट्रम्पको समर्थन

वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गर्भपतनसम्बन्धी कानुनको समर्थन गरेका छन्। आफू ‘जीवन समर्थक’ भएको घोषणा गर्दै उनले गर्भपतनमा कडाइ गर्नु मानवतावादी भएको बताएका छन्।

उनले बलात्कार वा अनिच्छुक यौन सम्बन्धबाट भएको अवस्थामा गर्भपतन गर्न भने छुट दिन सकिने बताएका छन्। दुई दिनअघि अमेरिकाका दुईवटा राज्यमा गर्भपतनमाथि कडा कानुन बनाउने स्वीकृति मिलेको थियो। अमेरिकी राष्ट्रपति ट्रम्प शुरुदेखि नै गर्भपतनमाथि अंकुश लगाउने पक्षमा अडिग छन्। आगामी वर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा गर्भपतनसम्बन्धी मुद्दा महत्वपूर्ण हुने देखिएको छ।

अलाबामाका गभर्नरले गर्भपतनमाथि पूर्ण प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन्। ट्रम्पले शनिबार ट्विट गरे, ‘अधिकांश व्यक्तिलाई यो थाहा छ र जसले जान्न चाहन्छन्, उनीहरूका लागि म जीवन समर्थक हुँ। केवल तीन अवस्था (बलात्कार, आफन्तसँगको यौनसम्बन्ध र आमाको ज्यान जाने)मा यसलाई अपवाद मानिनेछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.