१७ हजार रोपनीको आम्दानी ७४ लाख

१७ हजार रोपनीको आम्दानी ७४ लाख

काठमाडौं : पशुपतिनाथका नाममा काठमाडौं उपत्यकामै १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बाैं हुन सक्छ । तर, पशुपतिले १७ हजार रोपनीबाट भाडा उठाउँछ– वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ । बरु १ हजार १ सय २६ रोपनी उपभोग गर्ने त्रिभुवन विमानस्थलले वर्षको करोड तिर्छ । त्यो पनि अति कम हो ।

पशुपति क्षेत्र विकास कोषका तीनवटा कार्यालयले वार्षिक ७४ लाख १७ हजार ९ सय ५३ रुपैयाँ मात्रै कुत पाउने गरेको कोषाध्यक्ष डा.मीलनकुमार थापाले जानकारी दिए । संस्कृति मन्त्रालयले थापाको संयोजकत्वमा एक वर्षअघि गठन गरेको श्रीपशुपतिनाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितिले यो विवरण पाएको हो ।

कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि सञ्चालक परिषद्को बैठकमा प्रस्तुत गरिने जानकारी दिए । परिषद्को अध्यक्ष संस्कृति मन्त्री हुने व्यवस्था छ । ‘प्रतिवेदनमाथि व्यापक छलफल हुनेछ, बैठकले निकालेको निचोड र निर्देशनअनुसार काम अगाडि बढाउने छौं’, उनले भने ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पनि आगामी आर्थिक वर्षभित्रै कुतबाली वापत आउने आम्दानीको पुनरावलोकन गरिने बताए । उनले भने, ‘उपभोग र प्रयोगका आधारमा भाडा र भूबहाल सच्याइने छ । व्यावसायिक हो वा अन्य प्रयोजनका लागि, सोहीअनुसार मापदण्ड बनाई नयाँ ढंगबाट असुलउपर गरिने छ ।’ पशुपति क्षेत्र विकास कोष ऐन २०६८ ले कोषको अधिनमा रहेका जग्गा, सम्पत्ति लगायत जायजेथामा आवश्यक परिमार्जन गर्न पाउने साथै कर निर्धारण गर्न पाउने अधिकार दिएको छ ।

पशुपतिको आम्दानी समय सापेक्ष समायोजन नभएको दसकौं भइसकेको छ । जग्गा जमिन अथाह भए पनि त्यसबाट आउने भाडा÷भूबहाल अत्यन्त न्यून छ । जग्गा बहुमुल्य भएको अवस्थामा अन्नबाली नै कुत लिने र त्यो पनि एकदमै न्यून गर्ने चलन विद्यमान छ ।

ठूला–ठूला व्यावसायिक संस्थाले कौडीको भाउमा पशुपतिको जग्गा उपयोग गरिरहेका छन् । त्यसलाई समयानुकूल गरिएको छैन । हायात रिजेन्सी होटलले १७ रोपनी जग्गा ओगटेको छ । मासिक करोड हाराहारी कमाउने उसले कोषलाई भने वार्षिक केवल ३४ हजार भाडा तिर्छ । तिलगंगा आँखा अस्पतालले विगत ३ वर्षयता ५ रोपनी वापत वार्षिक २ लाख रुपैयाँ कोषलाई दिँदै आएको छ । त्यसभन्दा पहिले उसले निशुल्क रुपमा पशुपतिको जग्गा प्रयोग गर्दै आएको थियो ।

वनकाली धर्मशालाले १० रोपनी र प्राणनाथ क्याफे करिब ४ रोपनी जग्गा उपयोग गरिरहेछन् । उनीहरुले पनि कोषलाई न्यून भाडा तिर्दै आएका छन् । पुशपति भण्डार तहविल, पशुपति आमकोट कचहरी, जयबागेश्वरी भण्डार मातहतमा ४ हजार ४ सय १३ रोपनी जग्गा छ । जसमा २ सय ३१ रोपनी १० आना जग्गा गायब छ, जसको कुनै लगत नै पशुपतिसँग छैन । तीनै कार्यालय अन्र्तगतको ४ हजार २८१ रोपनी १३ आनाको लगत छ । लगत भएको जग्गा वापत न्यून कुत उठ्ने गरेको छ ।

पशुपतिले धान, सरुवा चामल, मार्सी फलुवा चामल, तेल लगायतको भूवहाल÷भाडा लिने गरिएको छ ।पशुपति भण्डार तहविलले १ हजार ८ सय ६३ मुरी ८ पाथी ५ माना ३ मुठी धान कुत वापत पाउँछ । यसका अलावा १२ हजार ७ सय ९३ रुपैयाँ नगद बुझ्छ । दुवै गरेर वार्षिक ३७ लाख ३९ हजार ६ सय ६२ रुपैयाँ धान वापतको आम्दानी हुने गरेको छ ।

पुशपतिले सरुवा चामल ५ मुरी १६ पाथी ६ माना ५ मुठी र नगद ५० गरी २७ हजार ५ सय ७१ रुपैयाँ कुत वर्षेनी पाउँछ । उसले मार्सी फलुवा चामल ६४ मुरी ७ पाथी ६ माना ८ मुठी र नगद ३ सय ३३ गरी ५ लाख ३६ हजार २ सय ५० कुत बुझ्छ । यसैगरी तेल वापत २ मुरी १६ पाथी ७ माना ८ मुठी र ७५ रुपैयाँ कुत आउँछ । आधा धान ३० मुरी २ माना ४ मुठी गरी ३० हजार ३ रुपैयाँ, ठेकको १ लाख ३ हजार ८ सय ६४ रुपैयाँ आम्दानी पनि आम्दानी देखिन्छ ।

पशुपति अमाल तहविलले ६ सय ५९ मुरी ६ पाथी २ माना ७ मुठी गरी १३ लाख १८ हजार ६ सय ४२ धान कुत पाउँछ भने ४ लाख ९१ हजार ७४ नगद पाउने गरेको तथ्यांक छ । जयबागेश्वरी भण्डारले भूवहाल÷ भाडाको ११ लाख ७० हजार ८ सय १२ रुपैयाँ कुत वापत प्राप्त गर्दै आएको छ । कुत वापत ५ सय ८५ मुरी ८ पाथी १ माना पाउँदै आएको छ । जयवागेश्वरीले ३ हजार ७ सय ७१ रुपैयाँमा चित्त बुझाउनु परेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.