मेलम्चीमा मेयरकप कराँते, मानसिं डोजोलाई उपाधि

मेलम्चीमा मेयरकप कराँते,  मानसिं डोजोलाई उपाधि

सिन्धुपाल्चोक : प्रथम मेलम्ची नगर मेयरकप कराँते प्रतियोगिताको उपाधि मानसिं डोजो काठमाडौंले जितेको छ । गोजुरियो कराँते दो संघ मेलम्ची डोजोद्वारा आयोजित प्रतियोगिता शुक्रबारदेखि आइतबारसम्म चलेको थियो । प्रतियोगितामा ९ स्वर्णसहित मानसिं डोजो प्रथम भई मेयर कपको उपाधि जितेको हो ।

मानसिंका खेलाडीले चार रजत र आठ कास्य पदक पनि जित्न सफल भए । प्रतियोगितामा ७ स्वर्णसहित मनकामना डोजो दोस्रो भएको भयो । मनकामनाका खेलाडीले चार रजत र तीन कास्य पदक जिते । 

छ स्वणर्, सात रजत र पाँच कास्य पदक जितेको दक्षिणढोका डोजो तेस्रो स्थान भयो । मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा मेलम्चीमा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता भएको आयोजक कमिटिका संयोजक एवम गोजुरियो कराँते दो संघका केन्द्रीय सचिव सानुबाबु गिरीले जानकारी दिए । राष्ट्रिय स्तरको प्रतियोगिताले यस क्षेत्रका खेलाडीलाई प्रोत्साहित हुने भएकाले प्रतियोगिता आयोजना गरिएको गिरीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.