सेनाले बनायो ‘जानकी भवन’

सेनाले बनायो ‘जानकी भवन’

सिमरा : दिवंगत सैनिक जवानको सम्झनामा नेपाली सेनाले बाराको सिमरामा स्थानीय नागरिकका लागि क्रियापुत्री भवन निर्माण गरेको छ । जीतपुरस्थित नम्बर २८ बाहिनीको पहलमा करिब १५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवनलाई सेनाले ‘जानकी भवन’ नाम दिएको छ । जीतपुर सिमरा उपमहानगर–४ औराहास्थित देवआ श्रम नजिकै निर्माण गरिएको क्रियापुत्री भवन बाहिनीपती सहायकरथी विनयविक्रम राणाले वडाध्यक्ष ईश्वर खत्रीलाई हस्तान्तरण गरेका हुन् ।

स्थानीय सरकारसँग हातेमालो गरी सैनिक र नागरिकको सम्बन्धलाई सुदृढ बनाउन रचनात्मक र सामाजिक कामलाई निरन्तरता दिइने सहायकरथी राणाले बताए । भवनको साँचो लिँदै वडाध्यक्ष खत्रीले देशका लागि सेनाले खेलेको भुमिकाको प्रशंसा गरे । सामाजिक समस्या एवं प्रकृतीक बिपत्तीमा परेकाको उद्धार र पुर्नस्थापनामा सेनाको संलग्नता र योगदानको कदर गर्नुपर्ने वडाध्यक्ष खत्रीको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी, नम्बर २८ बाहिनीका महासेनानी सुशिल श्रेष्ठ, चन्दनथान गण कलैयाका गणपती प्रमुख सेनानी पारसबिक्रम साह, तारादल गण बाराका गणपती निखिल कुँवर, चण्डीप्रसाद गण पर्साका गणपती सृजन मल्ल, औद्योगिक सुरक्षा गुल्म औराहाका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक गौतम कुँवर, प्रगतिशिल सामुदायिक बन उपभोक्त समिती औराहाका अध्यक्ष रमेश खरेललगायत सहभागी थिए ।

भवन बनाउन नम्बर २८ बाहिनी अड्डा मातहतका श्री शमशेर गण सर्लाही, इन्द्रबक्स गण रौतहट, चन्दननाथ गण बारा, तारादल गण बारा, चण्डीप्रसाद गणका सेनाले आर्थिक र श्रम सहयोग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.