महालेखा परीक्षकको ५६औं प्रतिवेदन संसदमा पेश
काठमाडौं : 'महालेखा परीक्षकको ५६औं वार्षिक प्रतिवेदन, २०७५' प्रतिनिधिसभा बैठकमा पेश भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले सोमबार सो प्रतिवेदन सदन समक्ष पेश गरेका हुन्।
त्यसैगरी मन्त्री ढकालले 'नेपाल सरकारको आर्थिक वर्ष २०७४/७५ को सुशासन प्रतिवेदन' र 'राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वर्ष ०७४/७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन' पनि संसदमा पेश गरे।
बैठकमा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालले आर्थिक वर्ष (आव) ०७६/७७ को पूर्व बजेट छलफल कार्यक्रम सम्बन्धी प्रतवेदन, २०७६ र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षि प्रतिवेदन ०७५/७६ पेश गरे।