युवतीलाई बन्धक बनाएर यौन धन्दामा लगाउने पक्राउ

युवतीलाई बन्धक बनाएर यौन धन्दामा लगाउने पक्राउ

धरान : धरानका होटलमा बन्धक बनाइएका ६ जना युवतीलाई प्रहरीले उद्धार गरेको छ। स्थानीय चारजना होटल संचालकले जबरजस्ती होटलमा बन्धक बनाएर यौन व्यवसायमा लगाएको गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धरानको टोलीले ती होटलहरुमा छापा मारी ६ युवतीको उद्धार गरेको डिएसपी ढुण्डिराज न्यौपानेले बताए। उनका अनुसार प्रदेश–१ का विभिन्न जिल्लाहरुबाट युवतीलाई जबरजस्ती होटलमा बन्धक बनाएर होटलमा आउने पाहुनाहरुसँग महँगो रकम लिएर यौन सम्पर्कमा गरिएको थियो। 

युवतीहरुलाई बन्धक बनाएर जबरजस्ती यौन कार्यमा लगाएको भन्दै प्रहरीले होटल संचालकहरु दिपेन्द्र श्रेष्ठ, खिसाबहादुर राई, लिला बहादुर बस्नेत र नविन मगरलाई पक्राउ गरेको छ। संखुवासभा, झापा, सुनसरीको चतारकी एकरएक युवती र धरानका तीन युवती सहित ६ जनालाई युद्धार गरि परिवारको जिम्मा लगाइएको उनले बताए। प्रहरीले धरान–७ को होटल एवान, परेली होटल, धरान–९ को होटल साकेला र धरान–१२ को फाइन होटलमा छापा मारेर प्रहरीले बन्धक बनाइएका युवतीको उद्धार गरेको हो।

प्रहरीले धरान आसपासका होटलहरुमा पूर्वी पाहाडी जिल्लाहरुबाट युवती ल्याएर बन्धक बनाई जबरजस्ती यौन क्रियाकलापमा लगाउने गरेको पाइएपछि अन्य होटलहरुमा समेत निगरानी बढाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.