लमजुङमा विषालु च्याउ खाँदा तीनजनाको मृत्यु

लमजुङमा विषालु च्याउ खाँदा तीनजनाको मृत्यु

बेसीसहर : जंगलको विषाक्त च्याउ खाँदा लमजुङमा तीन जनाको मृत्यु भएको छ ।

जंगली च्याउबाट गम्भीर बिरामी परेका क्व्हालोसोंथर गाउँपालिका–९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्री, उनका १२ वर्षीय छोरा मन्तोष क्षेत्री र छिमेकी १० वर्षीय साजन क्षेत्रीको मृत्यु भएको हो ।

सुलबहादुरकी श्रीमती सरिताको काठमाडौंस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । बैशाख २७ गते शुक्रबार जंगली च्याउ सेवनपछि बिरामी भएका उनीहरुलाई उपचारको लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो ।

अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंस्थित नेशनल अस्पताल लगिएको थियो । उपचार सम्भव नभएपछि फर्काइएका सुलबहादुरलाई बिहीबारदेखि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसीयुमा राखिएको थियो ।

उपचारको क्रममा सुलबहादुरको छोरा मन्तोषको नेशनल अस्पतालमा गत बिहीबार नै मृत्यु भएको थियो । उपचार सम्भव नभएपछि काठमाडौंबाट घर फर्काइएका साजनको गत सोमबार गाउँमै मृत्यु भएको क्व्हालासोंथर गाउँपालिका ९ गिलुङका वडाध्यक्ष नन्दजङ गुरुङले बताए ।

प्रहरीका अनुसार साजनको बुवा रामबहादुर क्षेत्री र आमा तारा क्षेत्री उपचारको क्रममा पोखरा गएको र घरमा एक्लै हुने भएपछि साजनलाई छिमेकी सुलबहादुर क्षेत्री र सरिताको घरमा बस्न लगाइएको थियो ।

स्वास्थ्यर्कीहरुका अनुसार जंगली च्याउ प्रायः खाने खालका हुँदैनन् । च्याउ चिनेर मात्रै खानुपर्ने उनीहरुको सुझाव छ । च्याउमा भएको विषालु केमिकलले सुरुमा झाडापखला र बान्ता एकैचोटि गराउँछ ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालका मेडिकल अधिकृत सुलोचन पन्तका अनुसार विषाक्त च्याउको विष रगतमा फैलिए मानिसको बाँच्ने सम्भावना कम हुन्छ । विषालु केमिकलले मिर्गौला निष्क्रिय बनाउँदा मृत्यु हुने गर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.