'गलत सूचना दिएर तिब्बत सम्बन्धी सम्मेलनमा पठाइयो'

'गलत सूचना दिएर तिब्बत सम्बन्धी सम्मेलनमा पठाइयो'

काठमाडौं : प्रतिनिधिसभाका सदस्यद्वय एकवाल मियाँ र प्रदीप यादवले गलत सूचनाका कारण तिब्बत सम्बन्धी सम्मेलनमा पठाएको भन्दै दुःख व्यक्त गरेका छन्। सांसदद्वयले विज्ञप्ति जारी गर्दै व्यक्तिगत हैसियतमा टर्की, स्वीजरल्याण्ड र लात्भियाको भ्रमणमा गएका बेला लात्भियाको राजधानी रिगामा सांसदहरूकाे अन्तरराष्ट्रिय सम्मेलन हुन लागेको भन्ने सूचनाका कारणले आफूहरू सम्मेलनमा सहभागी  हुन पुगेकाे बताएका हुन्। 

गत वैशाख २४ देखि २७ सम्म रिगामा सांसदहरुको तिब्बतसम्बन्धी विश्व सम्मेलन भएको थियो। आफूहरुले सोमबार नै सभामुख कृष्णबहादुर महरालाई भेटी घटनाका बारेमा यथार्थ जानकारी गराएको संसद् भवन परिसरमा सञ्चारकर्मीलाई सांसद मियाँले बताए।

'जब हामीलाई सम्मेलनका बारेमा यथार्थ जानकारी भयो, हामी तत्काल सम्मेलनस्थल छोडी स्वदेश फर्कियौँ, गलत सूचनाको कारणबाट उक्त सम्मेलनमा हाम्रो सहभागिता हुन गएको प्रति हामी दुःखी छौं',सांसदद्वय मियाँ र यादवले संयुक्तरुपमा जारी गरेको वक्तव्यमा भनिएको छ।

नेपालको संविधान, प्रचलित कानूनले निर्धारण गरेका अन्तरराष्ट्रिय सम्बन्ध तथा सरकारको एक चीन नीतिप्रति प्रतिबद्धता र दृढ समर्थन रहेको उनीहरुले बताएका छन्। प्रतिनिधिसभा नियमावली २०७५ ले सदस्यका लागि निर्धारण गरेका शर्तबन्देजलगायत पालना गर्नुपर्ने आचार संहितासम्बन्धी व्यवस्थालाई पूर्ण रुपमा पालना गरिने प्रतिबद्धता पनि विज्ञप्तिमार्फत व्यक्त गरिएको छ।रासस 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.