शान्ति सुरक्षा माग्दै सदरमुकाम पुगे जनप्रतिनिधि र कर्मचारी

शान्ति सुरक्षा माग्दै सदरमुकाम पुगे जनप्रतिनिधि र कर्मचारी

बझाङ : बझाङको खप्तड छान्ना गाउँपालिका–६ पाटादेबलका जनप्रतिनिधि र कर्मचारीहरु शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रसासन कार्यालय पुगेका छन् ।

स्थानीयहरुले  गालीगलौज तथा ज्यान मार्ने धम्की दिने गरेको भन्दै न्याय माग्दै वडा कार्यालय बन्द गरेरै उनीहरु सदरमुकाम चैनपुर पुगेका हुन् । वडाध्यक्ष तिलकबहादुर खड्का सहित अन्य चारजना जनप्रतिनिधि, वडा सचिव, कार्यालय सहयोगी सहितको टोलीले चैनपुरमा पुगरे विभिन्न निकायमा निवेदन दिएका छन् ।

उनीहरुले आफ्नो मानहानी गर्ने व्यक्तिलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय बझाङमा समेत उजुरी दिएका हुन् । वडा कार्यालयको काम बन्द गरेरै सदरमुकाम आएको वडा कार्यालयको टोलीले आफ्नो न्यायका लागि जिल्लास्थित मानव अधिकारकर्मीसमक्ष समेत घटनाको बारेमा जानकारी गराए ।

आइतबार गाउँपालिकाको आयोजनामा वडास्तरीय अन्र्तगतका मावि र निमावि तहबीच पोषण, महिनावारी स्वच्छता सम्बन्धी वक्तृत्वकला कार्यक्रममा वडा कार्यालय नजिकै घर भएका डबलबहादुर खड्काले विद्यालय साथै वडा कार्यालय आइ शिक्षक जनप्रतिनिधिहरुलाई गालीगलौज र दुरव्र्यवहार गरेपछि जनप्रतिनिधिहरु शान्ति सुरक्षाको माग गर्दै सदरमुकाम पुगेका हुन् ।

वडाध्यक्ष तिलक खड्काले भने, ‘रक्सी खाएर डबल खड्काले वडा कार्यालयमा जनप्रतिनिधिहरुलाई गाली गलौज गरे । सम्झाउन खोज्दा उल्टै डबलका छोराहरु त्रिभुवन खड्का र प्रकास खड्का आएर आक्रमण गर्न खोजी ज्यान मार्ने धम्की दिए ।’

महिला जनप्रतिनिधि कृष्णा थापाले डबल खड्का सहित उनका छोराहरुले महिलाहरुको समेत गाली बेइजती गरेको हुँदा वडा कार्यालयमा आउन जान समेत डर लाग्ने गरेको बताइन् ।

डबलका छोरा त्रिभुवन खड्काले बुबामाथि हातपात गरेकाले प्रतिकार गरेको बताएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादर सार्कीले दुबै पक्षलाई बोलाएर छलफल गरी समस्या सल्टाउने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.