फरार अभियुक्त ४ वर्षपछि पक्राउ
बैतडी : हाडनाता करणी सम्बन्धी मुद्दामा कैद सजाय सुनाइएका बैतडीका एक युवक ४ वर्षपछि बल्ल पक्राउ परेका छन् ।
सिगास गाउँपालिका–१ सिराडीका ३२ वर्षीय वीरभान धामीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार उनलाई घरमै बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । धामीलाई जिल्ला अदालत बैतडीले हाडनाता करणी मुद्दामा २०७३ जेठ १८ गते १ वर्ष कैद सजाय सुनाएको थियो ।
उनी यसअघि फरार थिए । पक्राउ परेका धामीलाई जिल्ला अदालत बैतडीले कैद भुक्तानका लागि जिल्ला कारागार बैतडी पठाएको छ ।