औषधि उद्योगमा भीषण आगालागी

औषधि उद्योगमा भीषण आगालागी

भैरहवा : रुपन्देहीको ओमसतिया गाउँपालिका १ स्थित एसियन फर्मास्युटिकल्स प्रालि (औषधी उद्योग) मा भीषण आगालागी भएको छ।

उद्योगका अनुसार औषधी स्टोर गरिएको उद्योगको नयाँ भवनमा आगालागी भएको हो। आगालागीबाट ३० करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योग प्रशासनले जनाएको छ।

समयमा दमकल नपुग्दा उद्योगमा ठूलो क्षति भएको उद्योगका कार्यकारी निर्देशक हुतानन्द खनालले जानकारी दिए।

आगलागी नियन्त्रणका लागि भैरहवा, तिलोत्तमा, बुटवल, नवलपरासी लगायत स्थानका दमकल पुगेका छन्। आगालागी सर्टसर्किटका कारण लागेको बताइएको छ। आगालागीबाट कुनै मानवीय क्षति नभएको रुपन्देहीका एसपी हृदय थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.