जेल भिडन्तमा ३२ को मृत्यु
एजेन्सी दुसान्बे
जेलभित्र भएको दंगामा मारिएका यी व्यक्तिहरूमा २४ जना इस्लामिक स्टेट (आईएस) समूहका सदस्य र तीनजना सुरक्षा गार्ड रहेको अधिकारीले सोमबार जानकारी दिएका छन्।
ताजकिस्तानको राजधानी दुसान्बेनजिकै रहेको कारगारमा आइतबार साँझ आईएसका लडाकुले शुरु गरेको झडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आईएस आतंककारी मारिएका यहाँको न्याय मन्त्रालयले जनाएको छ।
यस घटनाको अनुसन्धान भइरहेको बताइएको छ। समाचार विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ। न्यनय मन्त्रनलयका अनुसार आईएसका लडाकुले चक्कु र धारिलो हतियारले कैदी र सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए। आक्रमणकारीमध्ये एकजना बेखरुज गुलमुरोद भएको बताइएको छ। बेखरुज ताजकिस्तानको विशेष सुरक्षाबलका पूर्व कर्नेल गुलमुरोद खलिमोवका छोरा हुन्। उनी आईइसमा संलग्न भई जेल जिाय पाएका व्यक्ति हुन्। गुलमुरो खलिमोव पनि आईएसमा भर्ना भएका थिए र सन् २०१५ मा सिरियामा मारिएका थिए। उक्त जेलमा १ हजार ५ सय कैदी छन्। आक्रमणकमा बेला घाइते भएका कैयौं कैदीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। सिरिया र इराकका केही भाग आईएसको नियन्त्रणमा छन्। आईएसले गत नोभेम्बरमा पनि यहाँको जेलमा आक्रमण गरेको थियो। लामो समयसम्म सोभियत रूसको प्रभुत्व रहेको ताजकिस्तानका कैयौं युवा आईएसमा भर्ती हुँदै गरेका छन्।