एक सातामा दुई पटक सगरमाथा आरोहण, आफ्नै कीर्तिमान तोडे कामीरिताले

एक सातामा दुई पटक सगरमाथा आरोहण, आफ्नै  कीर्तिमान तोडे कामीरिताले

काठमाडौं  : साहसिक आरोही कामीरिता शेर्पाले २४औं पटक सगरमाथा आरोहण गरेका छन् । यही जेठ १ गते २३औं पटक सगरमाथाको आरोहण गरेका शेर्पाले एकसातामै आफ्नै कीर्तिमान तोडर नयाँ कीर्तिमान बनाएका हुन् । 

शेर्पाले मंगलबार बिहान ६ः३८ बजे सफल आरोहण गरेको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले अन्नपूर्णलाई जानकारी दिए ।उनकाअनुसार शेर्पा बिहानै सगरमाथा आरोहण गरेर फर्कंदै छन् । उनले भारतीय टोलीको नेतृत्व गर्दै सगरमाथा आरोहण गरेका हुन् । शर्पाले जेठ १ गते बिहान ७ः५० बजे २३औं पटक सगरमाथाको चचुरोमा पाइला टेकेका थिए । एकसाता नबित्दै फेरि सगरमाथा चुचुरो पुग्न सफल भएका हुन् । 

उनले यो सिजनमा दुई पटक आरोहण गर्ने घोषणा पनि गरेका थिए । उनको आरोहणको व्यवस्थापन सेभेन समिट्स ट्रेक्सले गरेको हो ।सोलुखुम्बुको खुम्बु, पासाङल्हामु ५ थामेका ४९ वर्षीय शेर्पाले सन् १९९२ देखि पर्वतारोहण क्षेत्रमा काम थालेका थिए । उनले सन् १९९८ मा पहिलोपटक गाइडकैरुपमा सगरमाथा आरोहण गरेका थिए । 

त्यसपछि उनले २००९, २०१० र २०१३ मा एकै सिजनमा तीन पटकसम्म सगरमाथाको शिखर पुगे । यो पटक पनि शेर्पा गाइडकैरुपमा सगरमाथा शिखर पुगेका हुन् । कामीरिताले २५ औं पटक सगरमाथा आरोहण गरेर आराम गर्ने योजना बनाएका छन् ।यसअघि २१ पटक सगरमाथा चढेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् । कामीरिताले यी दुई आरोहीलाई पछि पार्दै २२ पटकको कीर्तिमान बनाएका थिए । उनले यस वर्ष आफ्नै कीर्तिमानलाई तोड्दै २३ औं र २४ औं पटक सगरमाथा आरोहण गरे । 

मंगलबार १२२ जना सगरमाथा आरोहण गर्ने तयारीमा थिए । कतिले आरोहण गरे भन्ने विवरण भने आउन बाँकी रहेको सम्पर्क अधिकृत श्रेष्ठले बताए । सगरमाथा आरोहणका लागि यो सिजनमा ४८ देशका ३८१ आरोही पर्यटन विभागबाट अनुमति लिएर गएका छन्। सगरमाथा आरोहणका लागि विभागबाट ४४ टिमका ३०४ पुरुष र ७७ महिलाले अनुमति लिएका छन् । अनुमति लिएर सगरमाथा जानेमा ३७ टीमका ३६७ विदेशी रहेका छ भने ७ टीमका १४ आरोही नेपाली छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.