सहायक डिनलाई कालोमोसो दल्ने ६ विद्यार्थी पक्राउ

सहायक डिनलाई कालोमोसो दल्ने ६ विद्यार्थी पक्राउ

चितवन : प्रहरीले चितवनकाे कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि सङ्कायका सहायक डिन प्रा.विष्णुराज ओझालाई कालोमोसो दल्ने ६ विद्यार्थीलाई पक्राउ गरेको छ। उनीहरुलाई मंगलबार रामपुर क्याम्पस परिसरबाट पक्राउ गरिएको हो।

प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा सन्तोष खतिवडा, गोपाल थापा, वामदेव रेग्मी, मिलन चौहान, विभोर गौली र सुशन पौडेल रहेका छन्। प्रा.ओझाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि विद्यार्थीलाई पक्राउ गरिएको हो।

यसअघि उनीहरुलाई विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले दुई महीनाका लागि क्याम्पसबाट निष्काशित गरेको थियो। उक्त समूहले गत चैत २१ गते विश्वविद्यालयका सहायक डिन ओझामाथि विभिन्न आरोप लगाउँदै विश्वविद्यालय परिसरमा दुव्र्यवहार गरेको थियो। सो घटनापछि प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आन्दोलन गर्दै आएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.