खोलामा डुबेर धनकुटामा दुई बालकको मृत्यु

खोलामा डुबेर धनकुटामा दुई बालकको मृत्यु

धनकुटा : पौडी खेल्न गएका दुई बालकलाई लेगुवा खोलामा डुबेर मृत्यु भएको छ। महालक्ष्मी नगरपालिकास्थित श्रीनागी गोव्रेसल्लामा रहेको लेगुवा खोलाको दहमा पौडी खेल्न गएका हिलेखर्क टोलका १२ बर्षे गौरब लुंगेली मगर र गोव्रेसल्लाका १४ बर्षे अमिर मगरको सोमबार मृत्यु भएको हाे।

महालक्ष्मी नगरपालिका–२का वडाध्यक्ष धुव्र रायका अनुसार विद्यालयको सोमबारे साप्ताहिक बिदामा उनीहरु साथीसँग पौडी खेल्न गएका थिए। खेल्ने क्रममा गौरब मगर दहमा डुवेपछि उनलाई बचाउन गएका अमिरलाई खोलाले बेपत्ता बनाएको थियो। 

अमिरको शवलाई मंगलवार विहान दह भन्दा करिव दुई सय मिटर तल फेला परेको थियो भने गौरवलाई उपचारको क्रममा धनकुटा जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रायले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.