वन विधेयकले समुदायको अधिकार खोसेको भन्दै विराेध, आन्दोलनको चेतावनी

वन विधेयकले समुदायको अधिकार खोसेको भन्दै विराेध, आन्दोलनको चेतावनी

काठमाडौं : सरकारले संसदमा दर्ता गरेको वन विधेयक समुदायलाई अधिकारबाट वञ्चित गराउने उद्देश्यबाट प्ररित भन्दै सरोकारवाला पक्षले यसको विरोध गरेका छन् ।

सामुदायिक वन उपभोक्ता समूहहरुले विधेयकमा असन्तुष्टि जनाउँदै विरोध गरेका छन् । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)ले विज्ञप्ति निकाल्दै विधेयकको विरोध गरेको छ ।

फेकोफनकी केन्द्रीय अध्यक्ष भारती पाठकले विधेयकले समुदायलाई अधिकार विहीन बनाउने गरी सरकारले विधेयक ल्याएको भन्दै नसच्याएको खण्डमा देशभर आन्दोलन गर्ने चेतावनी दिएकी छन् ।

वन संरक्षणमा समुदायको त्याग र संघर्षको औचित्यलाई विधेयकमा समेट्नुको सट्टा नामेट पार्न खोजेको भन्दै फेकोफनका अभियन्ताहरु रुष्ट बनेका हुन् । ‘देशभरका उपभोक्ताले ज्यान हत्केलामै राखेर वन संरक्षण गरेको इतिहासको कदर नै भएको छैन,’ अध्यक्ष पाठकले भनिन्, ‘जनताको संघर्षको इतिहासलाई सरकारले मेटाउने काम गरिरहेको छ ।’

'सामुदायले स्वतन्त्र रूपमा मूल्य निर्धारण गर्न पाउने हक कटौती गरेकोमा हाम्रो आपत्ति छ', फेकोफनका महासचिव विर्खबहादुर शाहीले बताए । उनका अनुसार सरकारसँग फेकोफन लगायत सरोकारवालाले विधेयक बनाउनुअघि छलफल गरेका थिए । तर ती छलफल र परामर्शलाई सरकारले सुनुवाइ नै नगरेको उनीहरुको गुनासो छ ।

फेकोफनका अभियन्ताहरुले आफूहरुले मस्यौदा समेत पेश गर्दा मस्यौदाको केही पनि कुरा विधेयकमा नसमेटिएकोमा आपत्ति जनाएका छन् । संघीय संसदमा दर्ता भएको वन विधेयक नसच्याएको खण्डमा वन समूहहरुले देशभर आन्दोलन गर्ने चेतावनी फेकोफनले दिएको छ । साथै सरकारको गलत नीगितकै कारण अब वन संरक्षणमा समुदायहरु निरुत्साही बन्दै गएर वन विनाशको खतरा बढ्ने सामुदायिक वन अभियन्ताहरुको चेतावनी छ ।

वन ऐन २०४९ ले समुदायलाई दिएको अधिकार समेत अहिलेको सरकारले खोसेको भन्दै सामुदायिक वन अभियन्ताहरु आक्रोशित बनेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.