प्यूठानमा खानेपानीको हाहाकार

प्यूठानमा खानेपानीको हाहाकार

प्यूठान : गर्मीयाम सुरु भएसँगै प्यूठानमा खानेपानीको हाहाकार मच्चिएको छ। धारामा पानी आउनै छाडेपछि स्थानीयको जनजीवन प्रभावित बन्दै गएको हो। स्थानीय मानिसहरुका अनुसार पानीका लागि घण्टौं पालो कुर्दासमेत पालो आउँदैन्। विगत एक/दुइ वर्षदेखि गाउँघरमा पानीको अभाव बढ्दो छ। गाउँमा मुहान संरक्षण हुन सकेका छैन। 

पछिल्लो समय अव्यवस्थित रुपमा खनिएका सडकहरुले पानीका मुहान पुरिएका छन्। त्यसपछि खानेपानीको समस्या अझ बढ्दै गएको हो। झिमरुक गाउँपालिका–१ सौतामारेमा डेढ महिनादेखि खानेपानीको हाहाकार मच्चिएको छ। 

स्थानीय मानिसहरु विहान चार बजेदेखि पानीको लाइनमा बस्छन्। तर, धेरैजसोको पालो नआउदै पानी सुक्छ। ‘गर्मी सुरुभएपछि धारामा पानी आउनै छाड्यो’,स्थानीय गंगा खनालले भनिन्,‘गाउँभरीका जनता पानीको अभावले छटपट्टिएका छन्।’ 

सौतामारेको जावुनेदेखि छेडासम्म पानी आउनै छाडेको स्थानीयले गुनासो गरे। खानेपानी अभावमा गाउँका करिव दुइसय ५० घरधुरीका एक हजार पाँचसय बढी जनसंख्या प्रत्यक्ष प्रभावित भएको वडा अध्यक्ष ध्रुवराज खनालले जानकारी गराए।  

वर्षांै अघिदेखि खाइरहेको कुकुरगाडे धाराखोलाको मुहान सुक्दै गएको र गाउँमा घरधुरी बढेकाले पानीको हाहाकार भएको समेत उनले सुनाए। ‘मानिसहरु व्यक्तिगत सरसफाइमा पनि ध्यान दिन थालेका छन्’, अध्यक्ष खनालले भने,‘यसले गर्दा पनि पानीको अभाव अझ बढ्दै गएको हो।’ 

पिउनका लागि मुहान र सरसफाइका लागि खोलाको पानी गाउँमा ल्याउनुपर्ने आवश्यक देखिएको उनले सुनाए। मल्लरानी गाउँपालिका–२ चुँजाका स्थानीयका लागि पानीको समस्या नौलो होइन्। उनीहरुले पानीको अभाव झेल्दै आएको दशक पुरा भइसक्यो। 

बस्तीदेखि तल पानीको मुहान छ तर गाउँमा ल्याउन कसैको ध्यान पुगेको छैन्। उक्त मुहान संरक्षणको अभावमा सुक्दै जानथालेको स्थानीयले गुनासो गरे। गाउँभरीले प्रयोग गर्ने एउटै मुहान भएकाले स्थानीय विहानैदेखि मुहानमा पुग्छन्। 

७० वर्ष उमेर नाघेका बृद्धबृद्धाहरु पानीको लाइनमा विहानै पुग्ने गरेका छन्। ‘उज्यालो नहुँदै धाराको लाइनमा जानुपर्छ’, ७६ वर्षे कृृष्ण सार्कीले भने,‘आँखा मिच्दै अनिधो धारामा पुग्नुपर्ने वाध्यता छ।’ जीवनभर पानीको दुःखले नछाडेको उनले सुनाए। गाउँमा झण्डै ९० प्रतिशत दलित समुदायका उपभोक्ताले दुःख झेल्दै आएका छन्। 

गाउँका टाकुरी, रातीपोखरी, ज्वाराटोल, दुइबहिनी, घाउडाटोल, उपल्लोटोला, उपल्लोगाउँ र माझटोलका स्थानीयले खानेपानीको सास्ती पाएका छन्। 
पानीकै कारण छोराछोरीहरुको पढाइ प्रभावित भएको अभिभावक गुनासो गर्छन्। दैनिक सरसफाइमा समस्या पर्ने गरेको छ। 

‘सवैका घरमा चर्पी छन्’,स्थानीय बल बहादुर खत्रीले भने,‘दिसा गरेर सफा गर्ने पानी हुँदैन्।’ 

धेरै परिवार हुनेहरुको घरमा शौचालय गर्नलाइ समेत पानी नपुग्ने गरेको उनी सुनाउँछन्। स्थानीय महिलाहरुका अनुसार धारामा झैझगडा नभएको दिन हुँदैन््। महिलाहरुको दैनिकी पानीकै पिरलोले वितेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.