अधिकार दुरुपयोग नगर्न जनप्रतिनिधिलाई अख्तियार प्रमुख घिमिरेको चेतावनी

अधिकार दुरुपयोग नगर्न जनप्रतिनिधिलाई अख्तियार प्रमुख घिमिरेको चेतावनी

वीरगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले संविधानले दिएको अधिकारलाई दुरुपयोग नगर्न स्थानीय तहका जनप्रतिनिधीहरुलाई चेतावनी दिएका छन् ।

वीरगन्जमा मङ्गलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालयले आयोजना गरेको भ्रष्टाचार निवारण र सुशासन विषयक अन्तरक्रियामा बोल्दै प्रमुख आयुक्त घिमिरेले कर्मचारीलाई अनाहकमा दबाव दिएर गलत काम नगर्न पनि आग्रह गरेका छन् ।

‘अख्तियार इमान्दार र निर्दोषका लागि दुश्मन होइन, गलत बाटो अपनाउने व्यक्तिको लागि भने महादुश्मन नै हो,’ घिमिरेले भने, ‘गलत काम गर्ने कसैलाई छुट छैन, उनीहरुलाई कानुनको कठघरामा जसरी पनि उभ्याइन्छ ।’

आयुक्त घिमिरेले अख्तियारमा सबै भन्दा बढी भ्रष्टचारको उजुरी स्थानीय तहका जनप्रतिनिधि विरुद्ध नै परेको पनि जानकारी दिएका छन् । कामै नगरी नक्कली रसिद बनाएर भुक्तानी लिने प्रवृति मौलाएकोले यसमा सबैजना सचेत हुनुपर्ने उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.