कृषि प्रदर्शनीमा रेन्बो ट्राउटको आकर्षण

कृषि प्रदर्शनीमा रेन्बो ट्राउटको आकर्षण

नुवाकोट : नुवाकोटको पुर्वी भेगमा रहेको पर्यटकिय ककनीमा सन्चालित कृषि प्रदर्शनी मेलामा सर्वसाधारणको आकर्षण वढिरहेको छ। सदरमुकाम विदुरदेखि ५० किलोमिटर पुर्वमान रहेको ककनी गाउंपालिकाको रानीपौवा वजारमा आयोजित पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेलामा स्थानीय उत्पादन तथा कृषि सामग्रीको अवलोकन तथा खरिद गर्नेको भीड लागिरहेको छ।

नुवाकोटको विदुर र वेलकोटगढी नगरपालिकासहित १० गाउँपालिका र छिमेकी तीन रसुवा, धादिङ र काठमाडौं समेत समेट्ने गरि मेलाको आयोजना गरिएको कारण मेलामा सर्वसाधारणको आकर्षण वढिरहेको आयोजक पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले जनाएको छ। मेलामा सवैभन्दा वढि दर्शकले स्थानीय उत्पादन जापानीज रेन्वो ट्राउट माछा, मौरी, केरा तथा अन्य कृषि उत्पादनलाई मन पराएको कृषि विज्ञ डा. कमलराज गैरेले वताए।

उनले बजार र आवश्यक जानकारीको अभावमा रहेका उत्पादनहरुको वजार प्रवर्द्धन र कृषि सामग्रीको उपादेयतावारे जानकारी गराउन मेलाले किसानलाई सहयोग पुर्‍याएको बताए। कृषिसँग सम्बन्धित ४० स्टल राखिएको मेला सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको छ।

किसानको उत्पादन र बजारीकरणलाई प्रवर्द्धन गर्दै नुवाकोटका १२ स्थानीय तहलाई एक/एक वटा स्टल निःशुल्क उपलब्ध गराइएको र अन्य स्टल व्यवसायिक मागका आधारमा उपलब्ध गराइएको आयोजक समितिका राजेन्द्र न्यौपानेले बताए। उनका अनुसार मेलामा स्थानीय कृषि उत्पादन, कृषि सामाग्री र कृषि परामर्श केन्द्रका स्टलमा जानकारी लिन किसान तथा सर्वसाधारणको आकर्षण बढेको छ।

२० वर्षदेखि नुवाकोटको चिनारी वन्दै गएको विशेष कृषि उत्पादन ट्राउट माछाको समेत अवलोकन गर्न माछाका पारखीहरुको भीड लागेको। चिसो तापक्रममा उत्पादन हुने यो माछाको वजार मुल्य हाल प्रतिकिलोग्राम एकहजार चारसय रुपैया रहेको माछा उत्पादक किसान सुरेन्द्र तामाङले वताए।

५ दिनसम्म आयोजना गरिएको उक्त कृषि प्रदर्शनी मेलामा ४० देखि ५० हजार अवलोककर्ताहरुको सहभागिता रहने र २ करोड रुपैया भन्दा माथिको आर्थिक कारोबार हुने आयोजकले लक्ष्य लिएको छ। पोष्टवहादुर बोगटी स्मृति प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेका अनुसार प्रदर्शनीमा नुवाकोटका १२ वटै स्थानीय तहका कृषि उत्पादन र आधुनिक उपकरण राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.