शंकास्पद इरानीलाई नेपाल प्रवेशमा प्रतिबन्ध

शंकास्पद इरानीलाई नेपाल प्रवेशमा प्रतिबन्ध

काठमाडौं : सरकारले नक्कली राहदानीमा नेपाल प्रवेश गरेका दुई इरानीलाई निष्कासन गरेको छ। गृह मन्त्रालयले पाँच वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ उनीहरूलाई निष्कासन गर्ने निर्णय गरेको हो। अध्यागमन विभागको प्रस्तावमा ‘सचिव स्तरीय’ निर्णय गर्दै गृह मन्त्रालयले शंकास्पद रूपमा नेपाल भित्रिएका दुई इरानीलाई निष्कासन गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयले उनीहरूलाई निष्कासनगर्ने निर्णय गरेको हो। ती दुई इरानी स्पेन र डेनमार्कको नक्कली राहदानीमा नेपाल प्रवेश गरेका थिए। कमजोर अध्यागमन प्रणालीको फाइदा उठाउँदै इरानीलगायत शंकास्पद गतिविधिमा संलग्न विदेशी नेपाल भित्रिने गरेका छन्। अहिले नेपाल प्रवेश गरेका इरानी क्रमशः डेनमार्क र स्पेनको नक्कली राहदानी लिएर नेपाल छिरेका हुन्।

बायोमेट्रिक्ससहितको सफ्टवयेर प्रणाली नहुँदा संदिग्ध विदेशी नेपाल आउजाउ गर्दै आएका छन्। गैरकानुनी ढंगले नेपाल प्रवेश गरेका विदेशीका गतिविधि अनुगमन नहुँदा राष्ट्रिय सुरक्षामा नै खतरा आउन सक्ने संभावता उत्तिकै छ। डेनमार्कको नक्कली राहदानीमा बाबाक फिरोजी र स्पेनको राहदानीमा सादेग नेपाल प्रवेश गरेका थिए। बयानका क्रममा युरोप छिर्न नेपाल आएको बताए पनि उनीहरूको अन्य कनेक्सनबारे केही खुलेन। टर्कीमा बसेका मानव तस्करले इरानीलाई नेपाल हुँदै युरोपेली मुलुक छिर्न सुझाउने गरेका छन्। नेपालको अध्यागमन प्रणाली कमजोर छ।

अध्यागमनमा प्रयोग गरिएको ‘इमी’ सफ्टवयेर प्रभावकारी छैन। इमीमा आगमन र प्रस्थानको रेडर्क मात्र बस्छ। अध्यागमन विभागले अहिले बायोमेट्रिक्स सफ्टवयेर प्रणाली निर्माण गरिरहेको छ। तर त्यसको प्रभावकारिताका बारेमा टीकाटिप्पणी हुँदै आएको छ। विभाग भने आफंैले बनाएको बायोमेट्रिक्स सफ्टवयेर लागू गरेरै छाड्ने अडानमा छ।

प्रविधि बलियो नहुँदा विभिन्न देशका नक्कली राहदानी प्रयोग गर्ने विदेशी सहजै नेपाल ओहोरदोहोर गर्ने गरेका छन्। पछिल्लो पटक श्रीलंकामा भएको आतंकवादी आक्रमणपछि अन्य एसियाली मुलुकसमेत अध्यागमन सुरक्षामा संयमित भएका छन्। शंकास्पद गतिविधिमा संलग्न विदेशीमाथि अनुगमन गर्ने गृह मन्त्रालयले तयारी गरेपनि कार्यान्वयनमा ल्याएको छैन। गृह मन्त्रालयले निष्कासन गरेका दुई इरानीको गतिविधि शंकास्पद देखिएको छ। नक्कली राहदानीमा प्रवेश गरी केही दिनको नेपाल बसाइ पछि उनीहरू युरोपेली मुलुक छिर्न खोजेको देखिएको छ।

इरानीको गैरकानुनी प्रवेशलाई रोक्न अध्यागमन विभागले इरानी नागरिकलाई दिँदै आएको अन—अराइभल भिसा रद्द गर्ने तयारी गरेको छ। तर त्यसबारे कुनै निर्णय भएको छैन। कतारबाट इरानी राहदानीमा आएका महदिनले भिसा लिने क्रममा स्पेनको नक्कली राहदानी देखाएपछि अध्यागमनका कर्मचारीले शंका लागि पक्राउ गरेका थिए। भारतको दिल्ली अध्यागमनले डेनमार्कको राहदानी नक्कली भएको ठहर्‍याएपछि त्यहीँबाट इरानी नागरिक फिरोज फिर्ता (इन्ट्री रिफ्युज्ड) भएका थिए। फिरोजले प्रयोग गरेको डेनमार्कको नक्कली राहदानीमा त्रिवि अध्यागमनका कर्मचारीले आगमन र प्रस्थान अनुमति दिएका थिए। त्रिवि अध्यागमन कार्यालयले दुवैलाई पक्राउ गरी थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.