अवैध सामान बरामद
गुलरिया : प्रहरीले भन्सार छलेर नेपाल भित्र्याइएका अवैध सामाग्री बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मैनापोखरको गस्ती टोलीले बर्दियाको बढैयाताल गाउँपालिका- ७ कर्णालीपुरबाट चोरी पैठारी गरी बेवारिसे अवस्थामा थुपारी राखेका सामाग्री बरामद गरेको हो।
गस्तीका क्रममा प्रहरीले लुगाधुने सोडा ४६ पोका, चिनी ९८ किलोग्राम, सुर्तीविंडी १ सय पोका, भेली २ सय ८० केजी लगायतका करिब ४० हजार मुल्य बढीका घरायसी सामाग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए। बरामदी सामाग्रीमाथि अनुसन्धान भैरहेको उनले जानकारी दिए।