प्रचण्डसँग बेलायती मन्त्रीको भेट

प्रचण्डसँग बेलायती मन्त्रीको भेट

ललितपुर : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सगसँग भेटवार्ता गरेका छन्। 

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा नेपालको समसामयिक राजनीतिक र आर्थिक समृद्धिका विषयमा छलफल भएको छ। भेटमा प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका लागि अगाडि बताए। 

उनले अब आर्थिक वृद्धि नै देशको एक मात्र लक्ष्य भएको प्रष्ट पारेका छन्। प्रचण्डले भने, ‘देशमा लगानीमैत्री वातावरणका लागि वर्तमान समय उचित छ।’ उनले लगानीका लागि उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्र महत्वपूर्ण हुने बताए।

बेलायतकी मन्त्री सगले नेपालमा महिलाको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू प्रभावित भएको बताइन्। उनले स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनमा महिलाहरुको सहभागिता उदाहरणीय रहेको उल्लेख गरेकी छन्। 

उनले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार  सहयोगका लागि तत्पर रहेको बताइन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.