पाँचथर हत्याकाण्डको गम्भीर छानबिन गर्न कांग्रेसको माग

पाँचथर हत्याकाण्डको गम्भीर छानबिन गर्न कांग्रेसको माग

काठमाडौं : नेपाली कांग्रेसले पाँथरमा एकै रात ९ जनाको हत्या हुनेगरी भएको नरसंहारको गम्भीर छानबिन गर्न माग गरेको छ।  पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा ९ जनाको सामूहिक हत्या भएको घटनालाई गम्भीरतापूर्वक लिंदै नेपाली कांग्रेसले छानबिन गर्न माग गरेको हो। 

कांग्रेस केन्द्रीय सदस्य भिष्मराज आङ्दम्वे, प्रवक्ता विश्वप्रकाश शर्मा र पाँचथर सभापति नरेन्द्र केरुङ लिम्बू बुधबार घटनास्थलमा पुगेका छन्।  आरुबोटेको हत्याकाण्डले शोकमा रहेको सिंगो गाउँप्रति उनीहरुले पार्टीका तर्फबाट समवेदना प्रकट गरेका छन्। 

‘रहस्यमय घटनाको गहिरो र गम्भीर छानविन गर्न सरकार समक्ष अपिल गर्दै मृतक सबैको आत्माको चिर शान्तिको कामना गर्दछ’, कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.